Kathmandu Press

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहान मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक
Hardik ivfHardik ivf

काठमाडौं, भदौ २५ : प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहान मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

प्रधानमन्त्री देउवाले बिहान ११ः४५ बजे मन्त्रिपरिषद् बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। उनले प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएका हुन्।

सत्तारुढ गठबन्धनका पाँच दलको बैठक लगत्तै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका हुन्। सत्तारुढ पाँच दलको बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमै बस्न लागेको छ।

सत्तारुढ पाँच दलको बैठकमा अमेरिकी सहायता परियोजना एमसीसी र मन्त्रिपरिषद् विस्तारका विषयमा निर्णय हुनसक्ने जनाइएको छ। त्यसपछि मन्त्रिपरिषद् बैठक बस्ने भएको हो।

एमसीसीका विषयमा निक्र्योल गर्न उपाध्यक्ष फतिमा सुमारको नेतृत्वमा अमेरिकी प्रतिनिधिमण्डल नेपाल आएको छ।

उपाध्यक्ष सुमारको टोलीले बिहीबार नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई भेटेको छ।

सुमारसँगको भेटमा एमाले अध्यक्ष ओलीले सरकारले निर्णय गरेपछि मात्रै एमसीसीबारे आफ्नो पार्टीले निर्णय गर्ने बताएका थिए। त्यस्तै, एकीकृत समाजवादीका अध्यक्ष नेपालले सत्तारुढ दलले उपयुक्त निर्णय गर्ने बताएका थिए।

एमसीसी उपाध्यक्ष सुमारले आज अन्य राजनीतिक दलका नेतासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। उनले प्रधानमन्त्री देउवासँग पनि भेटवार्ता गर्ने तय भएको छ।

त्यसअघि सत्तारुढ पाँच दल र मन्त्रिपरिषद्को बैठक बोलाइएको हो।

प्रकाशित मिति: ०७:५१ बजे, शुक्रबार, भदौ २५, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्