‘नेपालमा व्यहारिक रुपमा संघीयता कार्यान्वयन हुन सकेको छैन’
हिजो निरङ्कुश व्यवस्था हुँदा जनतालाई राज्यको विरुद्ध उभ्याउने काम भएको भए पनि पोखरेलले अब जनतालाई राज्यको पक्षमा उभ्याउन आवश्यक रहेको पोखरेलले बताए।
काठमाडौं, वैशाख १९ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा व्यहारिक रुपमा संघीयता कार्यान्वयन हुन नसकेको बताएका छन्।
पेसागत महासंघ राष्ट्रिय समितिले अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले नेपालमा कानुनी रूपमा संघीयता कार्यान्वयन रहेको भए पनि व्यवहारिक रूपमा अझै पूर्ण रूपमा कार्यान्वयन हुन नसकिरहेको बताए।
हिजो निरङ्कुश व्यवस्था हुँदा जनतालाई राज्यको विरुद्ध उभ्याउने काम भएको भए पनि पोखरेलले अब जनतालाई राज्यको पक्षमा उभ्याउन आवश्यक रहेको पोखरेलले बताए।
उाले अहिले पनि श्रमिकमा विभेद र शोषण भए पनि त्यसको प्रकृति फरक भएको बताए। आजको अवस्थालाई हेरेर ट्रेड युनियन आन्दोलनलाई नयाँ परिभाषित गर्नुपर्ने उनको भनाई छ।
नेता पोखरेलले समाजलाई सहि ढंगले अघि बढाउनका लागि ट्रेड युनियन आन्दोलनले सहि बाटो समात्नुपर्ने बताए।
अहिले अरूलाई सम्मान गर्ने संस्कृतिको अभाव भएको उनले बताए।












