Kathmandu Press

विश्वकपका लागि नेपाली टिमको घोषणा, कमलसिंह ऐरी र सागर ढकालले पनि बनाए स्थान

अघिल्लो महिना एसिसी प्रिमियर कप खेलेको टिममा एकमात्र परिवर्तन छ। जसमा अलराउन्डर विवेक यादवको स्थानमा फास्टबलर कमलसिंह ऐरी टिममा परेका छन् भने स्पिनरका रुपमा सागर ढकाललाई टिममा राखिएको छ।
विश्वकपका लागि नेपाली टिमको घोषणा, कमलसिंह ऐरी र सागर ढकालले पनि बनाए स्थान

काठमाडाैं, वैशाख १९ : अमेरिका र वेस्टइन्डिजमा आगामी महिना हुने टि–२० विश्वकपका लागि नेपाली टिमको घोषणा भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले बुधबार साँझ रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेको हो।

अघिल्लो महिना एसिसी प्रिमियर कप खेलेको टिममा एकमात्र परिवर्तन छ। जसमा अलराउन्डर विवेक यादवको स्थानमा फास्टबलर कमलसिंह ऐरी टिममा परेका छन् भने स्पिनरका रुपमा सागर ढकाललाई टिममा राखिएको छ।

Hardik ivf

यी दुवैले आयरल्यान्ड एविरुद्धको सिरिज र अहिले जारी वेस्टइन्डिज एविरुद्धको सिरिजमा राम्रो प्रदर्शन गरेका थिए।

नेपाली टिममा ओपनरका रुपमा आसिफ शेख, कुशल भुर्तेल र अनिल साह छन्। यीमध्ये आसिफ र अनिलले विकेटकिपरको भूमिका पनि निभाउने छन्। यस्तै, ब्याट्सम्यानका रुपमा रोतिहकुमार पौडेल, सन्दीप जोरा मात्र छन्।

टिममा अलराउन्टरका रुपमा दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, कुशल मल्ल र सोमपाल कामी छन् भने फास्टबलरका रुपमा टिममा करण केसी, प्रतिश जिसी, अविनोश बोहरा र कमलसिंह ऐरी छन्। स्पिनरका रुपमा ललित राजवंशी र सागर ढकाल छन्।

विश्वकपमा नेपाल समूह ‘डी’ मा छ। यो समूहमा नेपालले दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्नेछ।
ीबहmष् दबलप

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग जुन ४ मा अमेरिकाको डालास र जुन ११ मा श्रीलंकासँग अमेरिकाकै फ्लोरिडामा प्रतिस्पर्धा गर्नेछ। बाँकी खेलहरु जुन १४ मा दक्षिण अफ्रिकासँग र जुन १६ मा हुने बंगलादेशसँग सेन्ट भिसेन्टमा हुनेछ।

 

प्रकाशित मिति: १९:१८ बजे, बुधबार, वैशाख १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्