Kathmandu Press

नेता भएर अर्ती नदिनुस् आफूले पनि काम गर्नुस् : मुख्यमन्त्री कँडेल

राजनीतिक लडाईंभन्दा आजको समृद्धिको लडार्इं अझ बढी चुनौतीपूर्ण भएको जनाउँदै उनले यो कठिन अवस्थालाई सामना गरेर सबैले आआफ्नो क्षेत्रको भूमिका निर्वाह गरी नमुनायोग्य पात्रका रुपमा आफूलाई देखाउन नेता तथा अगुवा कार्यकर्तालाई अनुरोध गरे।
नेता भएर अर्ती नदिनुस् आफूले पनि काम गर्नुस् : मुख्यमन्त्री कँडेल

कर्णाली, वैशाख १९ : कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले नेता भएर पार्टी कार्यकर्ता र जनतलाई अर्ती नदिन सुझाएका छन्।

एमाले सुर्खेत वीरेन्द्रनगर कमिटीको आज आयोजित दोस्रो अधिवेशन उद्घाटन कार्यक्रममा उनले अर्ती दिएर मात्र कोही कसैको जिम्मेवारी पूरा नहुने बताए।

Hardik ivf

‘नेतृत्व स्वयंले काम गर्नुपर्दछ । जसको सकारात्मक प्रभाव तलसम्म पुग्दछ,’ उनले भने, ‘उपभोक्तामुखी सोचले व्यक्ति मात्र होइन, पार्टी पनि सिद्धिन्छ।’

राजनीतिक लडाईंभन्दा आजको समृद्धिको लडार्इं अझ बढी चुनौतीपूर्ण भएको जनाउँदै उनले यो कठिन अवस्थालाई सामना गरेर सबैले आआफ्नो क्षेत्रको भूमिका निर्वाह गरी नमुनायोग्य पात्रका रुपमा आफूलाई देखाउन नेता तथा अगुवा कार्यकर्तालाई अनुरोध गरे।

‘म अहिले कर्णाली सरकारको नेतृत्व गरिरहेको छु। म एक्लैले केही गर्न सक्ने अवस्था हुँदैन। यसमा सहयात्री दल, पार्टीभित्र पनि समकक्षी साथीहरु छन्। सबैको साथ सहयोगबाट मात्र परिणाम निकाल्न सकिन्छ,’ मुख्यमन्त्री कँडेलले भने, ‘कर्णालीको विकास र समृद्धिको अभियानमा सबै एकमत हुन जरुरी छ । यसो हुनसके मात्र हामीले अपेक्षा गरेको सपना हुन्छ।’

उनले गलत काम गर्नेको पक्षमा नबोल्न र त्यस्ता कार्यमा नजोडिन पनि सुझाव दिए।

प्रकाशित मिति: २१:१४ बजे, बुधबार, वैशाख १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्