Kathmandu Press

बजेट अधिवेश वैशाख २५ गते बोलाउने तयारी

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले संसद्को आगामी बजेट अधिवेशन वैशाख २५–२६ मा बोलाउने तयारी भइरहेको जानकारी दिएका हुन्।
बजेट अधिवेश वैशाख २५ गते बोलाउने तयारी

काठमाडौं, वैशाख १९ : संघीय संसद्को बजेट अधिवेशन आगामी वैशाख २५ गते बोलाउने तयारी भएको छ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले संसद्को आगामी बजेट अधिवेशन वैशाख २५–२६ मा बोलाउने तयारी भइरहेको जानकारी दिएका हुन्।

Hardik ivf

बुधबार संचारकर्मीसँगको कुराकानीमा मन्त्री गिरीले भने, ‘संसद्को अधिवेशन सम्भवतः २५ वा २६ गते सुरु होला। लगानी सम्मेलनलाई अनुकूल किसिमको प्रभाव पार्ने हिसाबले लगानीका निम्ति सबैलाई उत्साहित हुने वातावरण निर्माण गर्नका निम्ति सरकारले ल्याएको अध्यादेश ल्यायो आफैँमा निकै राम्रो काम थियो।’  

मन्त्री गिरीले संविधान र संघीयतालाई कार्यान्वयन गर्न थुप्रै ऐनहरू संशोधन गर्नुपर्ने आवश्यकता रहेको पनि बताए। बजेट अधिवेशन भए पनि धेरैभन्दा धेरै विधेयक पारित हुने आसा पनि व्यक्त गरे।

आगामी अधिवेशनमा समितिमा छलफलका क्रममा रहेका विधेयकहरूलाई छिट्टै टुंग्याएर संसद्मा लैजाने तयारी भइरहेको समेत उनले बताए।

 

प्रकाशित मिति: १८:३४ बजे, बुधबार, वैशाख १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्