‘थडम’को रिमेकमा आदित्य र म्रुनाल
काठमाडौं, भदौ २१ : सुपरहिट तमिल चलचित्र ‘थडम’को हिन्दी रिमेक हुने भएको छ। चलचित्रमा बलिउड कलाकार आदित्य रोय कपुर र म्रुनाल ठाकुर मुख्य भूमिकामा देखिने छन्।...
काठमाडौं, भदौ २१ : सुपरहिट तमिल चलचित्र ‘थडम’को हिन्दी रिमेक हुने भएको छ।
चलचित्रमा बलिउड कलाकार आदित्य रोय कपुर र म्रुनाल ठाकुर मुख्य भूमिकामा देखिने छन्। चलचित्रमा म्रुनाल प्रहरीको भूमिकामा देखिने बताइएको छ ।
चलचित्रको निर्माण भुषण कुमार र मुराद खेतानीले गर्नेछन् भने निर्देशन वर्धन केतकरले गर्नेछन्। चलचित्रको छायांकन यही वर्षको अक्टोबरबाट शुरु हुने बताएकोएको छ।
चलचित्रको निर्माण भुषण कुमारको टी–सिरिज र मुराद खेतानीको सिनेवान स्टुडियोले गर्न लागेको हो।
प्रकाशित मिति: १३:१३ बजे, सोमबार, भदौ २१, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार