Kathmandu Press

‘लग्यौ मेरो दिल चोरी’ मार्फत गायक रोदितको पुनरागमन [भिडियाे]

श्रीमती स्मृति दाहालको जन्मदिन पारेर रोदितले नयाँ गीत ‘लग्यौ मेरो दिल चोरी’ सार्वजनिक गरेका हुन्।
‘लग्यौ मेरो दिल चोरी’ मार्फत गायक रोदितको पुनरागमन [भिडियाे]

काठमाडौं, साउन ११ : गायक रोदित सिंह भण्डारीले एक दशकपछि नेपाली संगीतिक क्षेत्रमा पुनरागमन गरेका छन्। उनले नयाँ गीत ‘लग्यौ मेरो दिल चोरी’मार्फत सांगीतिक क्षेत्रमा पुनरागमन गरेका हुन्। 

फिल्म ड्रिम्सको गीत ‘तिमी सामू’ हिट भएयता गायक रोदितले सांगीतिक क्षेत्रबाट विश्राम लिएका छन्। 

रोदितले श्रीमती स्मृति दाहालको जन्मदिन पारेर नयाँ गीत ‘लग्यौ मेरो दिल चोरी’ सार्वजनिक गरेका हुन्। गीतमा उनलाई अभिग्या घिमिरेले साथ दिएकी छिन्। 

गीतमा शब्द–संगीत विशेषदेव पाण्डे र गायक रोदितकै छ भने भिडियोमा रोदित र स्मृति फिचर्ड छन्।

गायक रोदिनले यो गीत नयाँ सिर्जना नभई जीवनको एक महत्वपूर्ण मोड भएको बताएका छन्। आफूले वर्षौंदेखि गाइरहेको र मनसँग गाँसिएको गीतलाई स्रोतामाफ बाँड्न पाउँदा अन्त्यत् खुसी भएको उलने बताएका छन्। 

हेर्नुस भिडियाे

प्रकाशित मिति: १२:५४ बजे, आइतबार, साउन ११, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्