हरिदेवीको मौलिक तीज गीत उठौ जागेर बजारमा, थप ३ गीत आउँदै

काठमाडौं, साउन ११ : बरिष्ठ लोकगायिका हरिदेवी कोइरालाले उठौ जागेर बोलको मौलिक तीज गीत बजारमा ल्याएकी छिन् ।
हिन्दु नारीहरुको महान पर्न तीज नजिकिदै जाँदा कोइरालाले आफ्नै स्वर, शब्द र लयमा उक्त गीत सार्बजनिक गरेकी हुन् । तीजका गीतमा वढ्दै गएको विकृतीलाई ओझेल पार्ने प्रयासमा साथ हरेक बर्ष कोइरालाले मौलिक भाकामा तीज गीतको सिर्जना गर्दै आएकी छिन् ।
यस बर्षको तीजमा पनि ४ वटा मौलिक गीत सार्बजनिक गर्ने तयारीमा रहेको कोइरालाले बताईन् । बाँकी ३ गीतको रेकर्डिङ सकिएको र छिट्टै बजारमा आउने उनले जानकारी दिईन् ।
२०४५ सालदेखि निरन्तर गीत संगीतमा मौलिकता पस्कदै आएकी कोइरालो यसअघि दरबार हत्याकाण्ड, भूकम्प, कोरोना, हवाई दुर्घटना, वढ्दो राजनीतिक बिकृती, दाइजो प्रथाको बिरुद्ध, पारिवारिक समस्या र झमेला, जुवातासको असर र छोरीले भोग्नुपरेका बिषयका बारेमा दर्जनौ तीज गीतको सिर्जना गरिसकेकी छिन् ।
लोकगीतसंगीतको संरक्षण एवं जर्गेनामा तल्लीन गायिका कोइराला साहित्य क्षेत्रमा पनि उतिकै योगदान रहेको छ । उनले हालसालै मात्र सार्बजनिक गरेको उठौ जागेर बोलको गीतमा पनि महिलाले समाजमा भोग्नुपरेको तिरस्कारलाई उजागर गर्न खोजेकी छिन् ।



-(56)-1764919423.jpg)







