पलेँटीमा गुञ्जिए न्ह्यू बज्राचार्य
गीतार बजाउँदै स्टेजमा बसेका न्ह्यूकै गायनबाट कार्यक्रमको थालनी भएको थियो। उनले आफ्नो सांगीतिक यात्राका क्रममा भोगेका संस्मरण सुनाउँदै गीत प्रस्तुत गरेका थिए।
काठमाडौं, साउन ११ : संगीतकार न्ह्यू बज्राचार्य यो महिनाको पलेँटीमा गुञ्जिएका छन्।
यही शुक्रबार र शनिबार नेपालयको ‘आर’सालामा भएको कार्यक्रममा बज्राचार्यले आफूले संगीत दिएका दर्जनबढी गीत प्रस्तुत गरे।
गीतार बजाउँदै स्टेजमा बसेका न्ह्यूकै गायनबाट कार्यक्रमको थालनी भएको थियो। उनले आफ्नो सांगीतिक यात्राका क्रममा भोगेका संस्मरण सुनाउँदै गीत प्रस्तुत गरेका थिए।
कार्यक्रमको पहिले गीत सुनाउँदा उनले केही वर्ष पहिले दिवंगत भएकी स्वरशिल्पी लासमित राईको सम्झना गरेका थिए। लासमितको स्वरमा रेकर्ड भएको ‘नआऊ सपनाभरि’ संगीतकारको आवाजमा सुन्दा दर्शकहरूमा भिन्दै रौनकता फैलिएको थियो।
त्यसपछि उनले गीतकार दिनेश अधिकारीसँगको पहिलो भेटको सम्झना सुनाउँदै ‘अघिअघि जिन्दगी’ सुनाएका थिए। तेस्रो प्रस्तुतिमा गीतकार विप्लब प्रतीकको काव्यात्मक गीत ‘एउटी सानी परी’ रहेको थियो।

सोलो गीतार बजाउँदै प्रस्तुत भएका न्ह्यूले जब रमण घिमिरेको शब्द ‘आधीबाटो हिंडेपछि’ सम्पन्न गरे त्यसपछि कार्यक्रमले दोस्रो चरण प्रवेश गर्यो।
कार्यक्रमको दोस्रो चरणमा बानिका प्रधानको स्वर गुञ्जेको थियो। उनले अरुणा लामाको स्वरमा रेकर्ड भएको ‘यो मन त तलाउ हो’लाई कुशलता पूर्वक प्रस्तुत गरेकी थिइन्। राजेन्द्र थापाको यस गीतपछि बानिकाले बिभिन्न चरणमा ‘तिमी बाहेक,’ ‘खाटा बसेछ,’ ‘ए ऐना,’ र ‘छाएछ बसन्त’ बोलका गीतहरू प्रस्तुत गेरकी थिइन्।
न्ह्यूका धुनमा दुर्गालाल श्रेष्ठ, बसन्त चौधरी, मञ्जु लामा, भूषण खरेल, गोपाल प्याकुरेल, मदन कृष्ण श्रेष्ठ, क्षेत्रप्रताप अधीकारी र सुरेश स्थापितका शब्दहरू समेटिएका थिए। कार्यक्रममा न्ह्यू आफैँले लेखेका गीतहरू पनि प्रस्तुत भएका थिए।
बानिका प्रधानको गायनलाई संगीतकार न्ह्यू बज्राचार्यका साथै पलेँटीका दर्शकहरूले मुग्ध कण्ठले प्रसंसा गरेका थिए।
कार्यक्रमको अर्को चरणमा न्ह्यूले पूर्ण वाद्यवादनका साथ केही गीतहरू सुनाएका थिए। जसमा ‘मेरो प्यारो,’ ‘पागल’, ‘अरबौं मान्छेहरूमा,’ ‘जय होस्’ बोलका गीतहरू थिए। आनी छोइङको स्वरमा लोकप्रिय बनेको ‘फूलको आँखामा’ गीतलाई न्ह्यूले नेपाली र नेवारी भाषामा मिस्रित गरेर गाएका थिए।
यसपालीको पलेँटीमा वाद्यवादनतर्फ कीबोर्डमा दिनेश रेग्मी, तबलामा सम्भु बानियाँ, बाँसुरीमा मिलन घिमिरे, पर्कसनमा पारशमणि सुबेदी, गिटारमा लुमन स्थापित र बेस गिटारमा सुदीप खत्रीको साथ थियो। कार्यक्रमलाई कवि विप्लबले सञ्चालन गरेका थिए।
अगष्ट महिनाको पलेँटीमा संगीतकार तथा गायक रामकृष्ण दुवाललाई निम्त्याइएको पलेँटी संयोजक आभासले बताए। रामकृष्ण दुवाल लामो समयदेखि नेपाल भाषा र नेपाली भाषाका गीत, संगीतमा क्रियाशील छन्।
-(56)-1764919423.jpg)



-(56)-1764919423.jpg)





-(27)-1764914102.jpeg)