नयाँ सारथि लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत

काठमाडौं, भदौ १३ : नयाँ सारथि लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ ।

यस कम्पनीको सूचीकृत १ लाख ९१ हजार ५ सय २० कित्ता बोनस सेयर मंगलबारदेखि खरीदबिक्री गर्न सकिनेछ।

कम्पनीको गत वैशाख ३ गतेको वार्षिक साधारण सभाले ८ दशमलव १३ प्रतिशत बोनस सेयर दिने निर्णय पारित गरेको थियो।

 Published Date: Sunday, 29th August 2021 3:21:00 pm