खोलामा डुबेर एकजनाको मृत्यु 

झापा, साउन २० : खोला तर्ने क्रममा डुबेर झापामा एकजनाको मृत्यु भएको छ।

झापाको गौरीगंज गाउँपालिका-६ खजुरगाछी बस्ने ६५ वर्षीय गंगा सुन्दासको सोही ठाउँस्थित गेउरीया खोला तर्ने क्रममा डुबेर बुधबार बिहान मृत्यु भएको छ।

यसबारे आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।  

 Published Date: Wednesday, 4th August 2021 5:43:00 pm