Kathmandu Press

थपिए ४१०७ संक्रमित, १५३५ जना संक्रमणमुक्त, ३५ को मृत्यु 

११ हजार ३ सय ५४ नमुनाको पिसिआर परीक्षण गर्दा २ हजार ९ सय ७५ र ४ हजार ९ सय ४४ जनाको एन्टिजेन परीगक्षण गर्दा १ हजार १ सय ३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
थपिए ४१०७ संक्रमित, १५३५ जना संक्रमणमुक्त, ३५ को मृत्यु 

काठमाडौं, साउन २० : पछिल्लो २४ घन्टामा ४१०७ जना कोरोना संक्रमित थपिएका छन्।

११ हजार ३ सय ५४ नमुनाको पिसिआर परीक्षण गर्दा २ हजार ९ सय ७५ र ४ हजार ९ सय ४४ जनाको एन्टिजेन परीगक्षण गर्दा १ हजार १ सय ३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सोही अवधिमामा ३५ जनाको मृत्यु भएको छ। थपिएकोसहित मृतकको कुल संख्या ९ हजार ९ सय ५७ पुगेको छ।

सोही अवधिमामा  १ हजार ५ सय ३५ जना संक्रमणमुक्त भएका छन्। यो संख्या सहित निको हुनेहरू ६ लाख ६१ हजार ६५१ जना भएका छन्। 

मन्त्रालयका अनुसार हालसम्म ३९ लाख बढीको कोरोना परीक्षण भइसकेको छ। ती मध्ये ७ लाख ६७ हजार ९ सय २२ जनामा संक्रमण पुष्टि भएको छ। अहिले कुल सक्रिय संक्रमितको संख्या ३३ हजार ४ सय ६४ पुगेको छ। 

प्रकाशित मिति: १६:३७ बजे, बुधबार, साउन २०, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्