क्रियाशील सदस्यता विवाद टुंग्याउन कांग्रेस शीर्ष नेताहरुको बैठक बस्दै
काठमाडौं, साउन २० : क्रियाशील सदस्यता विवाद निरुपणका लागि कांग्रेसका शीर्ष नेताहरुको बैठक बुधबार दिउँसो २ बजे बस्दैछ।प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको...काठमाडौं, साउन २० : क्रियाशील सदस्यता विवाद निरुपणका लागि कांग्रेसका शीर्ष नेताहरुको बैठक बुधबार दिउँसो २ बजे बस्दैछ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा बस्ने बैठकमा बैठकमा पार्टी सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँगै सहमहामन्त्री डा. प्रकाशशरण महत, केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाल र रमेश लेखक सहभागी हुने पार्टी कार्यालयले जानकारी दिएको छ।
क्रियाशील सदस्यता छानबिन समितिले साउन १२ गते नै पार्टी सभापति देउवालाई सदस्यताको अन्तिम प्रतिवेदन बुझाइसकेको छ
तर समितिले सहमति गर्न नसकेको क्षेत्रको विवाद मिलाउने जिम्मा पदाधिकारी बैठकले शीर्ष तीन नेता सभापति देउवा, नेताद्वय रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालाई जिम्मेवारी दिएको थियो।
प्रकाशित मिति: १२:५८ बजे, बुधबार, साउन २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष गुरुङ पुर्पक्ष थुनामा पठाउन, ६ जनालाई धरौटीमा छाड्न आदेशशुक्रबार, वैशाख ७, २०८१
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८५० ग्राम सुन बरामदशुक्रबार, वैशाख ७, २०८१
वन डढेलो नियन्त्रणका लागि सिसी क्यामरा जडानशुक्रबार, वैशाख ७, २०८१
राष्ट्रपति पौडेलसँग विपीन जोशीका परिवारको भेटशुक्रबार, वैशाख ७, २०८१