Kathmandu Press

गण्डकी सरकारका नवनियुक्त ६ मन्त्रीले लिए शपथ

पोखरा, साउन ८ : गण्डकी प्रदेश सरकारका नवनियुक्त ६ मन्त्रीले  आज (शुक्रबार) पद तथा गोपनीयताको शपथ लिएका छन्। मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सिफारिसमा प्रदेश...
गण्डकी सरकारका नवनियुक्त ६ मन्त्रीले लिए शपथ

पोखरा, साउन ८ : गण्डकी प्रदेश सरकारका नवनियुक्त ६ मन्त्रीले  आज (शुक्रबार) पद तथा गोपनीयताको शपथ लिएका छन्। 

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन्। 

Hardik ivf

गण्डकी सरकारमा कांग्रेसबाट तीनजनाको नाम आज टुंगो लगाइएको हो। जसमा मणिभद्र शर्माले पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति, मेखलाल श्रेष्ठले शिक्षा, संस्कृति, विज्ञान तथा सामाजिक विकास र बिन्दुकुमार थापाले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पाएका छन्।

त्यस्तै माओवादी केन्द्रले भने तीन मन्त्रीको नाम हिजो (बिहीबार) टुंगो लगाएको हो। जसमा रामजी बराल अर्थमन्त्री, चन्द्रबहादुर बुढा भूमि व्‍यवस्था, कृषि, सहकारी तथा गरीबी निवारण मन्त्री र दीपक थापा वन, वातावरण तथा भूसंरक्षण मन्त्री बनेका छन्।

याेसँगै गण्डकी प्रदेश मन्त्रिपरिषदले पूर्णता पाएको छ। मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलको नेतृत्वमा रहेको गण्डकी प्रदेशको ११ सदस्यीय मन्त्रिपरिषदले आज पूर्णता पाएको हो।

यसअघि कुमार खड्का, राजीव गुरुङ (दीपक मनाङे), मधुमाया अधिकारी र हरिशरण आचार्य मन्त्री बनेका थिए।

यसअघि कांग्रेसका तर्फबाट कुमार खड्काले सम्हाल्दै आएको सामाजिक विकास मन्त्री बाट उनलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ। 

प्रकाशित मिति: १४:५७ बजे, शुक्रबार, साउन ८, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्