Kathmandu Press

जुनसुकै हालतमा पनि पार्टीलाई एकताबद्ध बनाउनुपर्ने एमाले केन्द्रीय कमिटीको निर्णय 

काठमाडौं, साउन ७ : नेकपा एमालेको दशौँ केन्द्रीय कमिटीको बैठकले जुनसुकै हालतमा पनि पार्टीलाई एकताबद्ध बनाउनुपर्ने निष्कर्ष निकालेको छ ।यसअघि माधवकुमार नेपाल पक्षका...
जुनसुकै हालतमा पनि पार्टीलाई एकताबद्ध बनाउनुपर्ने एमाले केन्द्रीय कमिटीको निर्णय 

काठमाडौं, साउन ७ : नेकपा एमालेको दशौँ केन्द्रीय कमिटीको बैठकले जुनसुकै हालतमा पनि पार्टीलाई एकताबद्ध बनाउनुपर्ने निष्कर्ष निकालेको छ ।

यसअघि माधवकुमार नेपाल पक्षका नेतालाई कारबाही गर्नुपर्ने आवाज उठे पनि आज भने नेताहरूका गल्तीलाई माफी दिएर पार्टीलाई एकताबद्ध गराउनुपर्ने निष्कर्ष बैठकले निकालेको छ । कारबाही फिर्ता लिनुपर्ने आवाज पनि बैठकमा उठेको छ । पार्टीको अनुशासन नमान्ने नेताहरूलाई पनि माफी दिन सकिने अधिकार बैठकले अध्यक्ष ओलीलाई दिएको छ ।

यसैबीच आजको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल समूहका नेताले गरेका सबै गल्तीलाई आममाफी दिने घोषणा गरिसकेका छन् ।

प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदलाई स्पष्टीकरण सोध्दै कारबाहीको चेतावनी दिएको दुई दिनपछि अध्यक्ष ओलीले विगतका गल्तीलाई आफूले माफी दिने र अब मिलेर अघि बढ्न आग्रह गरेका थिए । 

प्रकाशित मिति: १९:१५ बजे, बिहीबार, साउन ७, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्