Kathmandu Press

प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी बैठक नगर्ने कांग्रेसकाे घोषणा

उनले भोलि (साउन ८ गते बिहीबार) को पार्टी पदाधिकारी र पूर्वपदाधिकारि बैठक पार्टी सभापित शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बस्ने जानकारी पनि दिएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी बैठक नगर्ने कांग्रेसकाे घोषणा

काठमाडौं, साउन ७ : नेपाली कांग्रेसले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टी बैठक नगर्ने घोषणा गरेको छ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले आज (बिहीबार) सामाजिक सञ्जालमार्फत पार्टी बैठक सरकारी निवासमा गर्ने विगतको गलत परम्परा तोड्ने बताएका छन्।

Hardik ivf

उनले भोलि (साउन ८ गते बिहीबार) को पार्टी पदाधिकारी र पूर्वपदाधिकारि बैठक पार्टी सभापित शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बस्ने जानकारी पनि दिएका छन्।

‘विगतको गलत परम्परालाई तोड्दै अबदेखि नेपाली कांग्रेस पार्टीको औपचारिक बैठकहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगरिने,’ महामन्त्री खड्काले ट्विटरमा उल्लेख गरेका छन्, ‘सोही निर्णयको कार्यान्वयनको प्रारम्भ गर्दै भोलि साउन ८ गतेको पार्टी पदाधिकारि र पूर्वपदाधिकारिको बैठक बुढानीलकण्ठमा बस्दै।’

एमाले अध्यक्ष केपी ओली नेतृत्वको यसअघिको सरकारले प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका बैठकहरू राख्दा निकै आलोचनाको सिकार हुनुपरेको थियो।

पार्टीभित्रै पनि प्रधानमन्त्री निवासलाई पार्टी कार्यालय बनाउन नहुने भनी ओलीलाई सुझाव दिइएको थियो। तर उनले त्यस्ता सुझावको बेवास्ता गर्दै आएका थिए।   


 

प्रकाशित मिति: १६:४७ बजे, बिहीबार, साउन ७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्