Kathmandu Press

सप्तरीमा दुई पक्षबीच कुटपिट हुँदा एकजनाको मृत्यु

सप्तरीमा दुई पक्षबीच कुटपिट हुँदा एकजनाको मृत्यु

सप्तरी, असार २५  : सप्तरीको खडक नगरपालिकामा दुई पक्षबीच कुटपिट हुँदा एकजनाको मृत्यु भएको छ।

खडक नगरपालिका–९ लालपट्टी टोलमा वैदेशिक रोजगारीमा जानेका परिवार र पठाइदिनेबीच कुटपिट भएको प्रहरीले जनाएको छ।

Hardik ivf

कुटपिटबाट स्थानीय ५८ वर्षीय दाउद मियाँको मृत्यु भएको हो। टाउकोमा चोट लागेर घाइते भएको उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।

राजविराज नगरपालिका–९ जगदरीका एजेन्ट सनाउल मामाघर लालपट्टी पुगेको बेला विदेश जानेले राम्रो काम नपाएको भन्दै परिवारले घेरेपछि सुरु भएको विवाद बढेर  कुटपिटमा पुगेको जनाइएको छ। कुटपिटमा संलग्नहरुको खोजी भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति: १५:४६ बजे, शुक्रबार, असार २५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्