सेनाको हेलिकप्टर उद्धारका लागि दुर्घटनास्थलमा
नेपाली सेनाको एमाआई–१७ हेलिकोप्टर मेडिकल टिमलाई लिएर काठमाडौंबाट दुर्घटनास्थल पुगेको हो।
काठमाडौं,भदौ ७ : मर्स्याङ्दी नदीमा खसेको बसका घाइतेको उपचारका लागि चिकित्सक सहित नेपाली सेनाको टोली दुर्घटनास्थल पुगेको छ।
नेपाली सेनाको एमाआई–१७ हेलिकोप्टर मेडिकल टिमलाई लिएर काठमाडौंबाट दुर्घटनास्थल पुगेको हो।
पोखराबाट काठमाडौं आउँदै गरेको यूपी ५३ एसटी ७६२३ नम्बरको भारतीय बस शुक्रबार विहान तनहुँको आँबुखैरेनीस्थित मर्स्याङ्दी नदीमा खसेको थियो।
दुर्घटनामा परी बसमा यात्रारत १४ जनाको मृत्यु भएको छ भने १६ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ।
प्रकाशित मिति: १४:१२ बजे, शुक्रबार, भदौ ७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












