एनपिएललाई शुभकामना दिँदै प्रधानमन्त्रीले भने- नेपाली क्रिकेट अमर रहास्
एनपिएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद उत्सवको रुपमा उल्लेख गर्दै उनले उनले छोटो समयमै एनपिएल एउटा भव्य खेलकुद महाकुम्भको रूपमा स्थापित भएको बताए।
काठमाडौं, कात्तिक ९ : प्रधानमन्त्री बालेन शाहले नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले प्रतियोगितामा सहभागी हुन आएका सबै नेपाली खेलाडीहरू, आयोजक र नेपाल क्रिकेट संघ (क्यान) लाई शुभकामना व्यक्त गरेका छन्।
एनपिएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद उत्सवको रुपमा उल्लेख गर्दै उनले उनले छोटो समयमै एनपिएल एउटा भव्य खेलकुद महाकुम्भको रूपमा स्थापित भएको बताए।
उनले प्रतियोगितामा सहभागी हुन नेपाल आएका सम्पूर्ण अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरहरूलाई उनले न्यानो स्वागत समेत गरे ।
उनले सामाजिक सञ्जालमा लेखेका छन््, ‘नेपालको सबैभन्दा ठूलो खेलकुद उत्सव ‘नेपाल प्रिमियर लिग (एनपिएल) आजदेखि सुरु हुँदैछ र यो छोटो समयमै एउटा भव्य खेलकुद महाकुम्भको रूपमा स्थापित भइसकेको छ। लिगमा सहभागी हुन आउनुभएका सम्पूर्ण अन्तर्राष्ट्रिय खेलाडीहरू र कमेन्टेटरहरूलाई न्यानो स्वागत छ । नेपाली क्रिकेट अमर रहास् ।’











