Kathmandu Press

‘संघीयताबिना जनताको अधिकार सुनिश्चित हुँदैन’

कर्णाली प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा आज सुर्खेतमा आयोजित समारोहमा उनले जनताको बलिदानबाट संविधान र संघीयता प्राप्त भएको बताए। 
‘संघीयताबिना जनताको अधिकार सुनिश्चित हुँदैन’

सुर्खेत भदौ ४ : कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीले संघीयताबिना जनताका अधिकार सुनिश्चित नहुने बताए। 

कर्णाली प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा आज सुर्खेतमा आयोजित समारोहमा उनले जनताको बलिदानबाट संविधान र संघीयता प्राप्त भएको बताए। 

Hardik ivf

‘कर्णाली अधिक साधन स्रोतले भरिपूर्ण प्रदेश हो। यसको भरपूर उपयोग हुन जरुरी छ,’ उनले भने ‘भाषा, संस्कृति र सभ्यताको उद्गमस्थल कर्णालीको विकासमा प्रदेश सरकारले नेतृत्वदायी भूमिका खेल्नुपर्छ।’ 

कृषि, प्राकृतिक,सांस्कृतिक र साहसिक पर्यटनका माध्यमबाट कर्णालीलाई समृद्ध तुल्याउन सकिने बताए। 

यस्तै मुख्यमन्त्री यामलाल कँडेलले जुम्लाका हरिबहादुर कुँवर, सुर्खेतका यामबहादुर बिसी, टीकाराम गौतम र गोपालसिंह रजवारको बलिदानीपूर्ण योगदानको स्मरण गर्दै उहाँहरूका परिवारका एक–एकजना सदस्यलाई रोजागरीको व्यवस्था गर्ने निर्णय भएको जानकारी दिए। 

सीमांमनको विषयलाई लिएर  २०७२ साउन २३ गतेदेखि भदौ ४ गतेसम्म भएको कर्णाली आन्दोलनमा जुम्लाका कुँवर, बिसी, गौतम र रजवारको निधन भएको थियो। 

प्रकाशित मिति: १६:५५ बजे, मंगलबार, भदौ ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्