Kathmandu Press

एकीकृत समाजवादीका ७० नेता–कार्यर्ता एमालेमा फर्किए 

एकीकृत समाजवादीका राष्ट्रिय परिषद् सदस्य राजेन्द्र दाहाल, मणि भण्डारी, दमक नगर कमिटीमा पूर्वअध्यक्ष महेश घिमिरे, अध्यक्ष रोशन भण्डारीसहितका नेता–कार्यकर्ता एमालेमा फर्किएका हुन्। 
एकीकृत समाजवादीका ७० नेता–कार्यर्ता एमालेमा फर्किए 

झापा, भदौ ४ : झापामा नेकपा एकीकृत समाजवादीका अधिकांश नेता एमालेमा फर्किएका छन्। 

दमक र कमलबाट गरी ७० जना नेता–कार्यकर्ता एमालेमा फर्किएकोे दाबी एमाले झापा जिल्ला कमिटीले गरेको छ। एकीकृत समाजवादीका राष्ट्रिय परिषद् सदस्य राजेन्द्र दाहाल, मणि भण्डारी, दमक नगर कमिटीमा पूर्वअध्यक्ष महेश घिमिरे, अध्यक्ष रोशन भण्डारीसहितका नेता–कार्यकर्ता एमालेमा फर्किएका हुन्। 

Hardik ivf

मंगलबार पत्रकार सम्मेलन गर्दै जिल्ला नेताहरुले एकीकृत समाजवादी  त्यागेको घोषणा गरेका थिए । पार्टी प्रवेशकाक्रममा एमालेका केन्द्रीय सदस्य रोमनाथ ओलीले नवप्रवेशी नेता तथा कार्यकर्तालाई स्वागत गरे।

अनेरास्ववियूको सिंगो दमक क्याम्पस कमिटी र अखिल फोर्स दमक पनि एमालेमा समाहित भएको जनाइएको छ। 


 

प्रकाशित मिति: १४:३७ बजे, मंगलबार, भदौ ४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्