Kathmandu Press

बालेनले मोदीलाई दिए नेपाल भ्रमणको निम्तो

नयाँ दिल्लीमा आयोजित दुई देशबीचको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री शाहले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन्।
बालेनले मोदीलाई दिए नेपाल भ्रमणको निम्तो

नयाँ दिल्ली, मंसिर ७ : प्रधानमन्त्री बालेन शाहले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्।

नयाँ दिल्लीमा आयोजित दुई देशबीचको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री शाहले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन्।

पत्रकार सम्मेलनमा बोल्दै उनले भारतीय लगानीकर्ताहरूलाई नेपालमा स्वागत गर्न आफूहरू तयार रहेको बताए । उनले नेपाल–भारतबीच विकासको साझेदारी सुरु भएको पनि बताए।

पत्रकार सम्मेलनअघि नेपाल–भारत सम्बन्ध झल्काउने भिडियो सामग्री देखाइएको थियो । मोतीहारी–अमलेखगन्ज पाइपलाइनदेखि नेपालको हाइड्रोपावरमा भारतले गरिरहेका कामहरूबारे भिडियो सामग्रीमा चर्चा गरिएको थियो ।

प्रकाशित मिति: १५:०६ बजे, सोमबार, मंसिर ७, २०८३