Kathmandu Press

नेविसंघको जगबाट गण्डकी महामन्त्रीको दौडमा अजित क्षेत्री

लामो समयदेखि संगठन निर्माण, विद्यार्थी हकहित र लोकतान्त्रिक आन्दोलनमा निरन्तर खटिएका कारण उनले प्रदेश महामन्त्रीमा आफूलाई स्वाभाविक दाबेदारका रूपमा अघि सारेका छन् ।
नेविसंघको जगबाट गण्डकी महामन्त्रीको दौडमा अजित क्षेत्री

नेपाली कांग्रेसको आसन्न गण्डकी प्रदेश महाधिवेशनको निर्वाचनको सरगर्मी बढ्दै जाँदा गण्डकी प्रदेशका युवा नेता अजित क्षत्री अधिकारीले प्रदेश महामन्त्री पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । अजितले पार्टी संगठनलाई युवामैत्री, गतिशील र सुदृढ बनाउने संकल्पसहित प्रदेश महामन्त्री पदमा आफ्नो सशक्त दाबेदारी प्रस्तुत गरेका हुन् ।

पद नभई जिम्मेवारी आफ्नो प्राथमिकता रहेको बताउने नेपाली काङ्ग्रेस केन्द्रीय महाधिवेशनको मर्म र सभापति गगन थापाको वैचारिक दृष्टिकोणलाई व्यावहारिक रूपान्तरणको लागि आफूले महामन्त्री पदमा उम्मेदवारी दिएको बताउने क्षेत्री स्याङ्जा काङ्ग्रेसका लोकप्रिय युवा हुन् । विरासतलाई गौरव मान्ने, पुस्तान्तरण,रूपान्तरण र प्रबिधि प्रयोगलाई आवश्यकता मान्ने अजित कुनै नेताको दौराको फेरो समातेर राजनीतिमा आएका भने होइनन् । उनी जगैबाट आफ्नै बलबुतामा राजनीतिको उचाइ चढिरहेका युवा नेता हुन् । 

संगठन बलियो भए मात्र लोकतन्त्र बलियो हुन्छ भन्ने मान्यता बोकेका अजित सम्भावना बोकेका नेता हुन् । नेपाल विद्यार्थी संघ ९नेविसंघ० को तल्लो तहदेखि खारिएर पार्टीको मूल राजनीतिमा सक्रिय अजित गण्डकी प्रदेशमा युवा पुस्ताका चर्चित र जुझारु नेताका रूपमा चिनिन्छन् । लामो समयदेखि संगठन निर्माण, विद्यार्थी हकहित र लोकतान्त्रिक आन्दोलनमा निरन्तर खटिएका कारण उनले प्रदेश महामन्त्रीमा आफूलाई स्वाभाविक दाबेदारका रूपमा अघि सारेका छन् ।

विद्यालय तहबाटै सुरु भएको राजनीतिक यात्रा

अजितको राजनीतिक यात्रा २०५८ सालमा विद्यालय तहबाटै नेविसंघमा संगठित भएसँगै प्रारम्भ भएको हो । २०६२ सालमा पोखराको छोरेपाटन उच्च माध्यमिक विद्यालयमा नेविसंघको संगठनात्मक गतिविधिमा सक्रिय रहेका उनी २०६२र०६३ को ऐतिहासिक जनआन्दोलनमा सक्रियतापूर्वक सहभागी भएका थिए ।

उच्च शिक्षाका क्रममा पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्ययन गर्दा उनले नेपाल विद्यार्थी सङ्घबाट आफ्नो राजनीतिक सक्रियतालाई थप सशक्त बनाए । उनी विद्यार्थी राजनीतिकै क्रममा २०६४ सालमा पृथ्वीनारायण क्याम्पसमा इकाइ सचिवको जिम्मेवारी सम्हालेका थिए । उनी २०६५ सालको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा उम्मेदवारसमेत बनेका थिए ।

9fb10008-d296-4bee-b4ec-7a1d7e3c0116-1795075403.jpg
 

स्याङ्जा नेविसंघको दशक लामो नेतृत्व

आफ्नो गृहजिल्ला स्याङ्जाको विद्यार्थी राजनीतिमा अजितको बलियो पकड र योगदान छ । नेविसंघ स्याङ्जा क्षेत्र नम्बर १ को क्षेत्रीय सभापति तथा जिल्ला कार्यवाहक सभापतिको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेपछि उनले २०६९ देखि २०७८ सालसम्म झन्डै एक दशक नेविसंघ स्याङ्जाको जिल्ला सभापतिका रूपमा नेतृत्व सम्हालेर आफ्नो क्षमता प्रदर्शन गरिसकेका थिए ।

जिल्ला अध्यक्ष रहँदा उनले स्याङ्जाका सबै स्थानीय तह र शैक्षिक संस्थाहरूमा संगठन विस्तार गरे । केही सुस्ताएको नेबिसङ्घको सङगठनलाई जिल्लामा चलायमान बनाउने महत्वपूर्ण भूमिका निर्वाह गरे । वीपी कोइरालाले कुनै समय  ुकाङ्ग्रेसको सङगठन हेर्न स्याङ्जा जानूु भने जस्तै नेबिसङ्घ हेर्न स्याङ्जा जानू भन्ने आदर्श स्थापना गर्न सफल भएका थिए । यस क्रममा उनले स्याङ्जामा थुप्रै नेबिसङ्घका तरूण युवाहरू अनुयायी जन्माउन भूमिका खेले ।

नेबिसङ्घकै राजनीतिका कारण उनले भूइँ तहका नेता कार्यकर्तासँग सम्पर्क स्थापना गरे । विकट गाउँका स्कुल स्कुलमा पुगे । गाउँका कार्यकर्ता र जनताका दुखेसा र समस्यालाई नजिकबाट चिन्ने अवसर पाए । 

पार्टी राजनीति र प्रदेश तहको अनुभव

विद्यार्थी राजनीतिसँगै अजित पार्टी राजनीतिमा पनि उत्तिकै सक्रिय छन् । नेपाली कांग्रेसको १२ औँ महाधिवेशनबाट क्षेत्रीय प्रतिनिधि हुँदै उनले पार्टी राजनीतिको ओैपचारिक यात्रा प्रारम्भ गरे । नेपाली काङ्ग्रेसको १२ ओैं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि निर्वाचित भएपछि उनको पार्टी राजनीति थप उचाइमा पुग्यो । स्याङ्जामा नेपाली काङ्ग्रेसको राजनीतिमा उदाएका संविधानसभा सदस्य तथा नेपाली काङ्ग्रेस स्याङ्जाका सभापति राजु थापाको राजनीतिलाई सफल बनाउन समेत सहयात्रीका रूपमा अजितले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्याङ्जा काङ्ग्रेसका कतिपय नेताहरूले बताउने गरेका छन् । 

अजित क्षेत्री हाल कांग्रेस गण्डकी प्रदेश कार्यसमिति सदस्य छन् । प्रदेश कार्यसमितिअन्तर्गत उनी हाल कार्यसम्पादन समिति सदस्य तथा भ्रातृ संगठन समन्वय विभाग प्रमुखको महत्वपूर्ण जिम्मेवारीमा रहेर काम गरिरहेका छन् । प्रदेशका सबै जिल्लाका भ्रातृ तथा शुभेच्छुक संस्थाहरूसँगको निरन्तर समन्वय र सांगठनिक अनुभवका कारण प्रदेश महामन्त्रीको जिम्मेवारी सम्हाल्न आफू पूर्ण रूपमा सक्षम रहेको उनको भनाइ छ ।

अग्रजको अनुभव र युवाको जोसलाई जोडेर गण्डकी प्रदेशमा नेपाली कांग्रेसलाई पहिलो र बलियो शक्ति बनाउने योजनासहित आफू महामन्त्रीको दौडमा उत्रिएको अजितले बताएका छन् । 

प्रकाशित मिति: १३:४९ बजे, बिहीबार, मंसिर ३, २०८३