Kathmandu Press

मर्स्याङ्दी बस दुर्घटना : १४ जनाको मृत्यु

घटनास्थलबाट १४ जनाको शव बाहिर निकालिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
मर्स्याङ्दी बस दुर्घटना : १४ जनाको मृत्यु

काठमाडौं, भदौ ७ : तनहुँको आँबुखैरेनी–मुग्लिन सडकखण्ड अन्तरगत आँबुखैरेनी नजिकै ऐना पहराबाट मस्र्याङ्दी नदीमा यात्रुवहाक बस दुर्घटना हुदाँ १४ जनाको मृत्यु भएको छ।

घटनास्थलबाट १४ जनाको शव बाहिर निकालिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

थापाका अनुसार १६ जना घाइतेलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालमा पठाइएका छ। 

पोखराबाट काठमाडौं आउँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय नम्बर प्लेटको बस दुर्घटनामा परेको थियो।

प्रकाशित मिति: १३:२५ बजे, शुक्रबार, भदौ ७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्