Kathmandu Press

‘सुदूरपश्चिम निजामती सेवा ऐन ०७९’ विधेयक बहुमतले पारित

राना थारु समुदायको विरोधका बीच मंगलबार सुदूरपश्चिम प्रदेशसभाबाट ‘सुदूरपश्चिम निजामती सेवा ऐन २०७९’ बहुमतले पारित भएको छ हो।
‘सुदूरपश्चिम निजामती सेवा ऐन ०७९’ विधेयक बहुमतले पारित

कैलाली, भदौ ४ : सुदूरपश्चिम प्रदेशसभाबाट ‘सुदूरपश्चिम निजामती सेवा ऐन २०७९’ बहुमतले पारित भएको छ। 

राना थारु समुदायको विरोधका बीच मंगलबार संशोधन गर्न बनेको विधेयक पारित भएको हो।

Hardik ivf

आन्तरिक मामिला तथा कानूनमन्त्री हीरा सार्कीले प्रदेशसभा बैठकमा उक्त विधेयक प्रस्तुत गरेका थिए। 

विपक्षी दल नेकपा माओवादी केन्द्र र सत्ता घटक नागरिक उन्मुक्तिका सांसदले उक्त विधेयक समावेशिताको सिद्धान्त विपरीत आएको भन्दै विरोध गरेका छन्।

विधेयक राना थारु समुदायको मर्म र भावना विपरीत आएको भन्दै नागरिक उन्मुक्ति पार्टीका संसदीय दल नेता घनश्याम चौधरीले आपत्ति जनाए।

माओवादी केन्द्रका सांसद शिवसिंह ओलीले निजामती सेवामा राना थारु समुदायको प्रतिनिधित्व सुनिश्चित गरिनु पर्ने माग गरेका छन्।

नेकपा (एमाले) र कांग्रेसका सांसदहरूको समर्थनमा उक्त विधेयक पारित भएको हो।
निजामती सेवा ऐन पारित नहुँदा प्रदेशको कार्य सम्पादनमा बाधा, अड्चन आएकाले संशोधन गर्न बनेको विधेयकमा सबैको मुद्धा समेटिएको  एमालेका सांसद चक्र मल्लले बताए।

व्यापक छलफल पश्चात विधेयक पारित हुने चरणमा गएको छ र यसको कार्यान्वयनमा बढी ध्यान दिनुपर्ने नेपाली कांग्रेस सांसद तुलसी देवकोटाले बताइन्।

प्रकाशित मिति: १४:२१ बजे, मंगलबार, भदौ ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्