Kathmandu Press

बिहिबारदेखि युनियन लाइफको आईपीओ आउँदै 

काठमाडौं, असार २३ : युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भोलि (असार २४) गतेबाट सर्वसाधारणहरूको लागि साधारण सेयर बिक्री गर्ने भएको छ ।कम्पनीको आफ्नो...
बिहिबारदेखि युनियन लाइफको आईपीओ आउँदै 
Hardik ivfHardik ivf

काठमाडौं, असार २३ : युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भोलि (असार २४) गतेबाट सर्वसाधारणहरूको लागि साधारण सेयर बिक्री गर्ने भएको छ ।

कम्पनीको आफ्नो जारी पुँजी २ अर्ब १५ करोड रुपैयाँ मध्ये ३० प्रतिशतले हुन आउने ६४ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।

उक्त सेयर कित्ता मध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशतले नै हुन आउने ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइ बाँकी रहेको ५८ लाख ५ हजार कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीको साधारण सेयरमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ३२ हजार २५० कित्ता सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको साधारण शेयर खरिदका लागि छिटोमा असार २८ गतेसम्म आवेदन दिन सकिने छ । 

प्रकाशित मिति: १९:०५ बजे, बुधबार, असार २३, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्