Kathmandu Press

वडाध्यक्षको घरमा बस्ने शर्तमा पोखराबाट फर्काइयो हायु परिवारलाई 

हायु परिवार सोमबार दिउँसो सिन्धुलीको गोलान्जोर गाउँपालिका– ६ का वडाध्यक्ष रविन श्रेष्ठको साथ लागेर फर्किएका छन्। हायु परिवारलाई आफ्नै घरमा राख्ने गरी वडाध्यक्ष श्रेष्ठले पोरा पुगेर फर्काएका हुन्। 
वडाध्यक्षको घरमा बस्ने शर्तमा पोखराबाट फर्काइयो हायु परिवारलाई 

पोखरा, साउन १९ : सिन्धुली गोलन्जोरबाट घर छाडेर हिंडेको हायु परिवार वडाध्यगको घरमा बस्ने शर्तमा पोखराबाट गाउँ फर्किएको छ। 

हायु परिवार सोमबार दिउँसो सिन्धुलीको गोलान्जोर गाउँपालिका– ६ का वडाध्यक्ष रविन श्रेष्ठको साथ लागेर फर्किएका छन्। हायु परिवारलाई आफ्नै घरमा राख्ने गरी वडाध्यक्ष श्रेष्ठले पोरा पुगेर फर्काएका हुन्। 

गोलान्जोर गाउँपालिका– ६ सुँगुरेस्थित आफ्नो पूरानो घरमा अस्थायी बसोबास गराउने र अर्को ठाउँमा जग्गा किनेर नयाँ घर बनाइदिने शर्त हायु परिवारलाई राखिएको छ । पोखरा पुगेका वडाध्यक्ष श्रेष्ठ छलफल र सहमतीपछि १९ जनाको हायु परिवार लिएर फर्किएका हुन्। 

हायु परिवारले पुरानो घरमा विसन्चो भइरहने समस्याका कारण नयाँ ठाउँ खोज्न गाउँ छाडेर हिँडेको गुनासो गरेका थिए । हायु परिवार लिन श्रेष्ठ सोमबारै पोखरा पुगेका थिए।  सहमती अनुसार हायु परिवारको आठ लाख ऋण तिर्न पनि वडाले समन्वय गरिदिने भएको छ। 

ऋण तिर्न समेत स्थानीयसँगको सहयोगमा वडाले केही रकम सहयोग गर्ने आश्वासन वडाध्यक्ष श्रेष्ठले दिएका छन्। हायु परिवार गत साउन ८ गते राति गाउँ छाडेर हिंडेका थिए। 

पोखरा महानगरपालिकाले उनीहरूका लागि बस्न र खानका लागि व्यवस्था मिलाईदिएको थियो । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले वडाध्यक्षको साथ लगाएर विदाइ गरेका छन्।

प्रकाशित मिति: १७:४९ बजे, सोमबार, साउन १९, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्