Kathmandu Press

जमेको पानीमा डुबेर दुई बालकको मृत्यु

सर्लाही, असार ९ : सर्लाहीमा खाल्डोमा जमेको पानीमा डुबेर आज (बुधबार) दुई बालकको मृत्यु भएको छ।इँटा उद्योगले खनेको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु...
जमेको पानीमा डुबेर दुई बालकको मृत्यु

सर्लाही, असार ९ : सर्लाहीमा खाल्डोमा जमेको पानीमा डुबेर आज (बुधबार) दुई बालकको मृत्यु भएको छ।

इँटा उद्योगले खनेको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु हुने उनीहरू दाजुभाइ रहेका प्रहरीले जनाएको छ।

Hardik ivf

मृत्यु हुने ती दाजुभाइ मलंगवा नगरपालिका-११ गम्हरिया निवासी सद्दाम अन्सारीका आठ वर्षीय छोरा रेआज र ६ वर्षीय छोरा नेआज अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

दुवै दाजुभाइ बाख्रा चराउन गएको बेला जमेको पानीमा पौडी खेल्न जाँदा डुबेर घाइते अवस्थामा उद्धार गरी उपचारका लागि मलंगवा अस्पतालमा पुर्याएबित्तिकै उनीहरूको मृत्यु भएको प्रहरीको भनाइ छ। 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १५:३२ बजे, बुधबार, असार ९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्