Kathmandu Press

मेलम्ची वाढीपीडितलाई कुमारी बैंकद्धारा राहत सहयोग  

कुमारी बैंक लिमिटेड मेलम्ची शाखाले सिन्धुपाल्चोक मेलम्चीका वाढी पीडितलाई अत्यावश्यक राहत सहयोग गरेको छ । 
मेलम्ची वाढीपीडितलाई कुमारी बैंकद्धारा राहत सहयोग  

काठमाडौं, असार ४ : कुमारी बैंक लिमिटेड मेलम्ची शाखाले सिन्धुपाल्चोक मेलम्चीका वाढी पीडितलाई अत्यावश्यक राहत सहयोग गरेको छ । 

बैंकका मेलम्ची शाखाका प्रमुख बिनोद श्रेष्ठले मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्याललाई सहयोग सामग्री हस्तान्तरण गरे । बैंकले वाढीपीडितका लागि आवश्यक पर्ने साबुन, आयोडिन नुन, ब्ल्याङ्केट, टेन्ट, म्याट, सेनिटरी प्याड, खाद्यान्न प्याकेट, बच्चाको लागि लिटो र दूध खाने बोतल र ल्याक्टिजिन लगायत सामग्री सहयोग गरेको हो ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिका अन्तर्गत असार १ गते गएको बाढीपहिरो पीडितलाई थोरै भएपनि राहत होस् भनेर बैंकले सहयोग गरेको शाखा प्रबन्धक श्रेष्ठले बताए ।

विपत्तीको बेला नगरपालिकालाइ सहयोग गरेको र नगरको अभियानमा साथ दिएको भन्दै नगरप्रमुख अर्यालले धन्यवाद व्यक्त गरेका थिए । 

प्रकाशित मिति: २०:१२ बजे, शुक्रबार, असार ४, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्