Kathmandu Press

बैंकर क्षेत्री बने भायानेटको स्वतन्त्र संचालक 

कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार बैंक तथा वित्तीय क्षेत्रका कुशल तथा अनुभवी क्षेत्रीलाई भायानेटको स्वतन्त्र सञ्चालक नियुक्त गरिएको हो। 
बैंकर क्षेत्री बने भायानेटको स्वतन्त्र संचालक 

काठमाडौं, साउन १० : बैंकर परशुराम कुँवर क्षेत्री इन्टरनेट तथा टिभी सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेशन लिमिटेडको सञ्चालक समितिको सदस्य नियुक्त भएका छन्। 

कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार बैंक तथा वित्तीय क्षेत्रका कुशल तथा अनुभवी क्षेत्रीलाई भायानेटको स्वतन्त्र सञ्चालक नियुक्त गरिएको हो। 

Hardik ivf

क्षेत्रीले सन् १९८६ मा तत्कालीन ग्रिण्डलेज बैंक (हाल स्ट्यान्डर्ड चार्टर्ड बैंक) बाट आफ्नो करियर सुरु गरेका थिए। त्यसपछि उनले नेपाल बैंक, सिटिजन्स बैंक, बैंक अफ एसियामा काम गरेका थिए। 

क्षेत्रीले जनता बैंक र ग्लोबल आइएमई बैंकमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निर्वाह गरिसकेका छन्। उनले सन् २०२० मा ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अवकास लिएका थिए।

अनुभवी बैंकर क्षेत्रीलाई बोर्डमा स्वागत गर्दै उनको तीन दशकभन्दा बढी समयदेखि विभिन्न क्षेत्रमा संचित अनुभवले कम्पनीलाई आगामी दिनमा अझ सशक्त र दिगो विकास तर्फ लैजान मद्दत पुग्ने विश्वास भायानेट कम्युनिकेशनले लिएको छ।

प्रकाशित मिति: १६:४७ बजे, बुधबार, साउन १४, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्