Kathmandu Press

आगामी अक्टोबरबाट भारतमा कोरोनाको तेस्रो लहर आउनसक्ने विज्ञहरुको चेतावनी

काठमाडौं, असार ४ : आगामी अक्टोबरबाट भारतमा कोरोनाको तेस्रो लहर आउनसक्ने विज्ञहरुले चेतावनी दिएका छन्।स्वास्थ्य विशेषज्ञ, वैज्ञानिक, संक्रामक रोग विशेषज्ञ, महामारीविद् र प्राध्यापक...
आगामी अक्टोबरबाट भारतमा कोरोनाको तेस्रो लहर आउनसक्ने विज्ञहरुको चेतावनी

काठमाडौं, असार ४ : आगामी अक्टोबरबाट भारतमा कोरोनाको तेस्रो लहर आउनसक्ने विज्ञहरुले चेतावनी दिएका छन्।

स्वास्थ्य विशेषज्ञ, वैज्ञानिक, संक्रामक रोग विशेषज्ञ, महामारीविद् र प्राध्यापक समाचार संस्था रोयटर्सले गरेको कुराकानीमा उनीहरुले तेस्रो लहर आउन सक्ने भन्दै चेतावनी दिएका हुन्।  

Hardik ivf

रोयटर्सले जुन ३ देखि १७ सम्ममा ४० स्वास्थ्य विशेषज्ञ, वैज्ञानिक, संक्रामक रोग विशेषज्ञ, महामारीविद् र प्राध्यापकसँग लिएको रायमा उनीहरुले अक्टोबरमा शुरु हुने तेस्रो लहर वर्षको अन्तिमसम्म रहने बताएका हुन्। यद्यपी उनीहरुले कोरोना खोपको कारण अब आउन सक्ने लहरमा भने ठूलो क्षति नहुने  र अहिलेको भन्दा छिटै नियन्त्रित हुने दाबी गरेका छन्।

सर्वेक्षणमा सहभागीमध्ये ८५ प्रतिशतले भारतमा कोरोनाको तेस्रो लहर अक्टोबर महिनामा आउन सक्ने बताएका थिए। त्यस्तै, ७० प्रतिशतभन्दा धेरैले यो लहर दोस्रो लहरको तुलनामा नियन्त्रित हुने अनुमान गरेका थिए।
 

प्रकाशित मिति: १९:५७ बजे, शुक्रबार, असार ४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्