Kathmandu Press

गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत, ३१ सांसद ‘इन्ट्याक्ट’मा

गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। उनको प्रस्तावको पक्षमा ३१ र विपक्षमा २७ मत परेको थियो।
गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत, ३१ सांसद ‘इन्ट्याक्ट’मा
Hardik ivfHardik ivf

काठमाडौं, असार ४ : गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् ।

उनको प्रस्तावको पक्षमा ३१ र विपक्षमा २७ मत परेको थियो । 

प्रदेशसभामा कांग्रेस संसदीय दलका नेता पोखरेल २९ जेठमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनलाई कांग्रेस, माओवादी केन्द्र, जसपा, जनमोर्चा र स्वतन्त्र सांसद राजीव गुरुङको समर्थन छ ।

संविधानको धारा १६८ (५) बमोजिम गठित प्रदेश सरकारले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्थाअनुसार उनले ६ दिनभित्रै विश्वासको मत लिएका हुन् ।
 

प्रकाशित मिति: १६:२९ बजे, शुक्रबार, असार ४, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्