Kathmandu Press

जेनेभामा बाइडेन–पुटिन भेट, हात मिलाएरै आत्मीयता प्रदर्शन

जेनेभा, असार २ : अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका रूसी समकक्षी भ्लादमिर पुटिनबीच आज (बुधबार) स्विट्जरल्यान्डको जेनेभामा भेट भएको हो।उनीहरूलाई स्विटजरल्यान्डका राष्ट्रपति...
जेनेभामा बाइडेन–पुटिन भेट, हात मिलाएरै आत्मीयता प्रदर्शन
Hardik ivfHardik ivf

जेनेभा, असार २ : अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका रूसी समकक्षी भ्लादमिर पुटिनबीच आज (बुधबार) स्विट्जरल्यान्डको जेनेभामा भेट भएको हो।

उनीहरूलाई स्विटजरल्यान्डका राष्ट्रपति गाई पार्मेलिनले स्वागत गरेका छन्। त्यसक्रममा उनले दुवै जनालाई शान्तिको सहरमा स्वागत छ भन्दै वार्ता दुवै पक्षको हितका लागि फलदायक होस् भनी शुभकामना दिएका छन्।

कोरोनाका कारण संसारभरि नै हात मिलाउने चलन नभए पनि बाइडेन र पुटिनले हातै मिलाएका थिए। अमेरिका र रुसबीच तिक्ततापूर्ण सम्बन्ध रहँदै आएका छ। दुई तर यी दुई मुलुकका राष्ट्रप्रमुखले भेटघाट गर्नु र त्यस अवसरमा हातै मिलाउनुलाई आश्चर्यका रूपमा हेरिएको छ। 

पुटिनले आफ्नो देशमा विपक्षीलाई दबाउन अपनाएको तरिका र देशबाहिर पनि आफ्नो प्रभाव बढाउन उनले लिएका नीतिका कारण अमेरिका–रूस सम्बन्ध चिसिएको छ। त्यसकारण उनीहरूको भेटवार्तालाई संसारभरिकै लागि चासोको विषय बनेको छ।

प्रकाशित मिति: १८:२८ बजे, बुधबार, असार २, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्