Kathmandu Press

भारतमा थप ६२ हजार २२४ जनामा कोरोना संक्रमण पुष्टि 

नयाँ दिल्ली, २ असार : भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमित भएकाहरुको सङ्ख्यामा कमी हुँदै आएको छ। सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६२...
भारतमा थप ६२ हजार २२४ जनामा कोरोना संक्रमण पुष्टि 
Hardik ivfHardik ivf

नयाँ दिल्ली, २ असार : भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमित भएकाहरुको सङ्ख्यामा कमी हुँदै आएको छ। 

सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६२ हजार २२४ जना कोरोनाभाइरसबाट थप सङ्क्रमित भएका छन् । 

यो सङ्ख्या अघिल्ला दिनहरुको भन्दा कम हुँदै गएको हो । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले ३.२२ प्रतिशतको दरले सङ्क्रमण घटेको जनाएको छ । 

पछिल्लो नौ दिनमा औसतमा ९ प्रतिशतको दरले सङ्क्रमितहरुको सङ्ख्यामा कमी हुँदै आएको मन्त्रालयका अधिकारीहरुले जनाएका छन्।

त्यसैगरी सक्रिय अवस्थामा रहेका सङ्क्रमितहरुको सङ्ख्या पनि घट्दै गएर अहिले आठ लाख ६५ हजार ४३२ रहेको छ।  

सक्रिय सङ्क्रमितहरुको सङ्ख्या घटेर ७० दिनपछि अहिले पहिलो पटक नौ लाखभन्दा कम भएको अधिकारीहरुले जानकारी दिएका छन्।

मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार भारतमा कोरोनभाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको दर ९५।८० रहेको छ। 

भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या दुई करोड ९६ लाख ३३ हजार १०५ पुगेको मन्त्रालयले जनाएको छ।

त्यसैगरी भारतमा कोरोनाका कारण अहिलेसम्म कुल तीन लाख ७९ हजार ५७३ जनाको मृत्यु भएको देखिएको छ । ती मध्ये दुई हजार ५४२ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।  

पछिल्लो एक दिनमा भारतमा एक लाख सात हजार ६२८ जना सङ्क्रमणमुक्त भएको पाइएको छ । योसँगै सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या दुई करोड ८३ लाख ८८ हजार एक सय रहेको छ। 

भारतको स्वास्थ्य अनुसन्धान परिषदका अनुसार भारतमा अहिलेसम्म कुल ३८ करोड ३३ लाख छ हजार ७९१ पटक कोरोना परीक्षण गरिएको छ । त्यस्तै २६ करोड १९ लाखलाई कोभिड–१९ विरुद्धको खोप लगाइएको छ।

प्रकाशित मिति: १४:१९ बजे, बुधबार, असार २, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्