Kathmandu Press

विदेशी मुद्रा सटहीका नाममा डलरको रहस्यमय कारोबार, ७६ लाखसहित तीन जना पक्राउ

उनीहरू वर्षौंदेखि बिना अनुमति विदेशी विनिमय कारोबारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
विदेशी मुद्रा सटहीका नाममा डलरको रहस्यमय कारोबार, ७६ लाखसहित तीन जना पक्राउ

कास्की, साउन ११ : पोखराको लेकसाइड क्षेत्रमा गैरकानुनी रुपमा विदेशी मुद्रा सटही कारोबार गर्दै आएका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। 

गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराको विशेष सूचनाका आधारमा छापा मारेर उनीहरूलाई कास्कीको पोखरा महानगरपालिका–१७ पार्दी बिरौटाबाट पक्राउ गरिएको हो।

पक्राउ परेकामध्ये दुई जना मनी एक्सचेन्ज सञ्चालक तथा एक जना रेष्टुरेन्ट व्यवसायी रहेको खुलेको छ। उनीहरू वर्षौंदेखि बिना अनुमति विदेशी विनिमय कारोबारमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

Hardik ivf

पक्राउ पर्नेहरूमा महुमुद्दिन एम अहमद वर्ष ४५ रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१३ का स्थायी बासिन्दा हुन्। उनी रुपन्देही र कास्कीमा रेष्टुरेन्ट व्यवसाय गर्दै आएका थिए।

यसैगरी राजकुमार बुढाथोकी वर्ष ४५ मा झापा दमक–४ का स्थायी बासिन्दा, हाल पोखरा–६, बैदाममा बसोबास गर्दै ‘हिलारी मनी चेन्जर’ सञ्चालन गर्दै आएका थिए । उनले करिब २० वर्षदेखि मनी एक्सचेन्जको आडमा अवैध सटही गर्दै आएको कास्कीका एसपी श्यामबाबु ओलियाले जानकारी दिए।

यसैगरी खेमराज पौडेल वर्ष ४३ का कास्कीको पोखरा–१९, पुरनचौर बसोबास गर्ने  उनी लेकसाइडस्थित ‘सगरमाथा मनी चेन्जर’का सञ्चालक हुन् । उनले १४ वर्षदेखि यो कारोबार गर्दै आएको खुलेको छ।

प्रहरीले विदेशी र नेपाली नोट समेत गरी ७६ लाख रुपैयाँ बरामद गरेको छ। 

उनीहरूलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को परिच्छेद ११ अन्तर्गत दफा ९५ बमोजिम कसूर गरेको आरोपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

घटनासँग सम्बन्धित अन्य व्यक्ति तथा कारोबारको खोजी पनि भइरहेको जनाइएको छ। 

प्रकाशित मिति: १९:४० बजे, आइतबार, साउन ११, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्