Kathmandu Press

जग्गासम्बन्धी विवादमा दाइको कुटाइबाट भाइको मृत्यु

महोत्तरी, जेठ २९ : जग्गासम्बन्धी विवाद बढ्दै जाँदा आफ्नै दाइको कुटाइबाट महोत्तरीमको लोहारपट्टी नगरपालिका-७ भ्रमरपुराका ५५ वर्षीय लक्ष्मण साहको मृत्यु भएको छ।जिल्ला प्रहरी...
जग्गासम्बन्धी विवादमा दाइको कुटाइबाट भाइको मृत्यु

महोत्तरी, जेठ २९ : जग्गासम्बन्धी विवाद बढ्दै जाँदा आफ्नै दाइको कुटाइबाट महोत्तरीमको लोहारपट्टी नगरपालिका-७ भ्रमरपुराका ५५ वर्षीय लक्ष्मण साहको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार लक्ष्मणका दाजु रामचन्द्र साह र उनको परिवारका अन्य सदस्यले मिलेर बुधबार कुटपिट गरेको हुन्। कुटपिटका कारण गम्भीर घाइते भएका उनलाई उपचारका लागि सोही दिन प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो।

Hardik ivf

त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौंस्थित ग्रान्डी अस्पतालमा लगिएकोमा बिहीबार उपचारकै क्रममा लक्ष्मणको मृत्यु भएको प्रहरीले जनाएको छ।

शुक्रबार राति भ्रमरपुरामा ल्याइएको शव सडकमा राखेर परिवारजन, आफन्त र स्थानीयवासीले न्यायको माग गर्दै आज (शनिबार) बिहानैदेखि प्रदर्शन गरिरहेका छन्।

महोत्तरी प्रहरीले मृतकका दाजु रामचन्द्र साह र उनका छोरा मुकेश साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाइएको छ।

प्रकाशित मिति: १५:३६ बजे, शनिबार, जेठ २९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्