Kathmandu Press

‘स्वच्छ, सुखी समुन्नत प्रदेश’मा जोड दिने घोषणा 

काठमाडौं, जेठ २७ : प्रदेश नं १ का  प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रदेश सरकारको आर्थिक वर्ष २०७८/७९ नीति तथा कार्यक्रममा कोभिड–१९ को महामारी...
‘स्वच्छ, सुखी समुन्नत प्रदेश’मा जोड दिने घोषणा 
Hardik ivfHardik ivf

काठमाडौं, जेठ २७ : प्रदेश नं १ का  प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रदेश सरकारको आर्थिक वर्ष २०७८/७९ नीति तथा कार्यक्रममा कोभिड–१९ को महामारी रोकथाम, नियन्त्रण, उपचार तथा अन्य व्यवस्थापकीय काम उलब्ध साधन स्रोतको अधिकतम परिचालन गरी रहेको बताएका छन् ।

प्रदेश सभाको आजको बैठकमा  उनले  प्रदेश सरकारको  नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले राष्ट्रिय अर्थतन्त्रमा प्रदेशको हिस्सा १५दशमलव छ प्रतिशतको हुने र चालु आर्थिक वर्षमा यस प्रदेशको समग्र आर्थिक वृद्धिदर तीन दशमलव छ प्रतिशत रहने अनुमान गरिएको जनाउँदै संविधानमा व्यवस्था भए बमोजिम प्रदेश लोक सेवा आयोग स्थापना भई प्रदेश निजामती सेवाका विभिन्न तहका पदहरुमा पदपूर्ति प्रक्रिया शुरुआत भएको जानकारी दिए ।

संविधानमा लिपिबद्ध समाजवाद उन्मुख राज्य र दीर्घकालीन राष्ट्रिय सोच ‘समृत नेपाल, सुखी नेपाली’ अनुसार प्रदेश सरकार ‘स्वच्छ, सुखी समुत्रत प्रदेश’को उच्च अभियानमा लागेको जानकारी दिँदै प्रदेश प्रमुख ‘प्यासी’ले स्वास्थ्य क्षेत्रको एकीकृत सबलीकरण, अनुसन्धान र व्यापक जनचेतना सहित खोप लगायत अन्य उपायद्वारा महामारीको सामना गर्नु एक मात्र उपाय हो भने ।

कोभिड महामारी र विविध प्रतिकुल परिस्थितिका बाबजुद प्रदेश गौरबको एक महत्वपूर्ण आयोजनाको रुपमा शुरुआत गरिएको घिनाघाट विराट चोक हरैचा सडक निर्माण तथा कालापत्रे गर्न तीब्रगतिमा भइरहेको जानकारी दिँदै उनले प्रदेशमा मुख्य परियोजना ६२ बहुवर्षीय सडक योजना, सात प्रादेशिक विशेष सडक आयोजना, ८७ मुख्यमन्त्री ग्रामीण कृषि सडक, १२८ बहुवर्षीय सडक पुल निर्माण, ११५  झोलुङ्गे पुल आदि केही सम्पत्र भइसेका छन भने अन्यको प्रगति उल्लेखनीय रुपमा अघि बढि चाडै सम्पत्र हुने र सिँचाई क्षेत्रमा ४३ हजार हेक्टर जमिन सिंचित गर्ने अभियान बमोजिम करिव ५३ प्रतिशत काम सरकारले सम्पत्र गरेको बताए ।

नीति तथा कार्यक्रममा  स्वीस सरकारको सहयोगमा कृषि विकास कार्यक्रम, साना सिँचाई कार्यक्रम, सडकपुल, झोलुङ्गे पुल लगायतका महत्वपूर्ण कार्यक्रमहरु सञ्चालन गर्न स्वीस विकास नियोग र प्रदेश सरकार बीच सम्झौता सम्पत्र भई सञ्चालनको अवस्थामा रहेको र सरकार डिजिटल प्रदेशको अवधारणालाई स्वास्थ्यको क्षेत्रमा द्रूत गतिमा कार्यान्वयनको शुरुआत गरिने उल्लेख छ । यसैगरी ‘गुणस्तरीय स्वास्थ्य सेवा प्रदेश सरकारको प्रतिवद्धता’ भत्रे मूल नारा सहित प्रदेश मातहतका सबै अस्पतालको गुरुयोजना तयार गरी अक्सिजन प्लान्ट, सघन उपचार कक्ष निर्माण, विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मी, आवश्यक औजार तथा यन्त्र उपकरण र भौतिक पूर्वाधार सहितको मेची अस्पताललाई २०० श्यया, धनकुटा र पाँचथर जिल्ला अस्पताललाई १००÷१०० श्यया र अन्य जिल्ला अस्पताललाई न्युनतम ५० श्यामा स्तरोत्रति गरिने,  विपत्र तथा गरिब वर्ग र असहायहरुको स्वास्थ्य उपचारको लागि एक उपचार कोषको स्थापना गरिने उल्लेख छ ।

प्रदेशका अस्पतालमा सेवा क्षेत्रको सघनता हेरी पोस्टमार्टम गर्ने र मृतशरीरलाई सुरक्षित राख्ने आधुनिक शवगृहको व्यवस्था गरिने,विद्यालय शिक्षाको स्तरोत्रति गर्ने, प्राविधिक शिक्षालाई प्रोत्साहन गर्ने, स्थापित विश्वविद्यालय, महाविद्यालयलाई सबलीकरण गर्ने कार्यलाई निरन्तरता दिइने, मनमोहन प्राविधि विश्वविद्यालयलाई स्वायत्त संस्थाको रुपमा विकास गरिने, प्रस्तावित मदन भण्डारी औद्योगिक महाविद्यालयको गठन र सञ्चालन गर्न आवश्यक कानून निर्माण गरिने , उच्च शिक्षालई विशिष्टीकृत तथा अनुसन्धानमा आधारित बनाइने, शिक्षको क्षेत्रमा सञ्चार प्रविधिको प्रयोगलाई प्रोत्साहन तथा सहयोग गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रदेश खेलकुद बोर्ड गठन गरी यस क्षेत्रको व्यवसायिक उत्रतिलाई सहयोग गर्ने, मुख्यमन्त्री कप तथा राष्ट्रिय लिग फुटबल प्रतियोगितालाई निरन्तरता दिने, एक पालिक एक खेल मैदान निर्माण कार्यलाई निरन्तरता दिने, सबै खेल विधाहरुलाई प्राथमिकतामा राखी खेलकुद प्रतियोगिता सञ्चालन गर्ने, प्रदेशका सबै जातजाति, भाषा, धर्म र समुदायको पहिचान झल्कने बहुजातीय पहिचान र संस्कृतिमा आधारित महासङ्ग्रहालय मोरङ पथरीशनिश्चरे स्थित साविकको शरणार्थी क्याम्प रहेको स्थानमा विस्तृत परियोजना प्रतिवेदन सहित निर्माण कार्य आगाडि बढाउने, संविधान बमोजिम गठन भएका आदिवासी जनजाति आयोग, महिला आयोग, दलित आयोग, मुस्लिम आयोग लगायतका राष्ट्रिय आयोगहरुसँग सम्बन्धित समुदायहरुको हक अधिकार र समुचित विकासका लागि आवश्यक समन्वय र सहकार्य सरकारले गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । (रासस) 

प्रकाशित मिति: २१:३४ बजे, बिहीबार, जेठ २७, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्