आज गौरा पर्वको तेस्रो दिन : ब्रतालु महिलाहरुले गौरादेवीलाई घर भित्र्याउँदै
आज ‘ठूली गौरा’ को दिन गौरा र महेश्वरको प्रतिमूर्ति स्थापना गरेर फलफूल र बिरुडाले गौरादेवीको पूजा गरिन्छ।-1756530696.png)
काठमाडौं, भदौ १४ : सुदूरपश्चिमको मुख्य पर्व गौरापर्वको आज तेस्रो गौरादेवीलाई घरमा भित्र्याउने चलन रहेको छ। आजको दिनमा ब्रतालु महिलाहरुले गौरादेवीलाई घरमा भित्र्याउँने गरेका छन्।
आज ‘ठूली गौरा’ को दिन गौरा र महेश्वरको प्रतिमूर्ति स्थापना गरेर फलफूल र बिरुडाले गौरादेवीको पूजा गरिन्छ। व्रतालु महिलाले धारण गर्ने विशेष प्रकारको धागो अर्थात् दुबधागो पनि आजै गौरादेवीमा चढाउने चलन छ।
आजको दिन साउ, अपामार्ग, तीललगायत वनस्पतिले गौराको प्रतिमूर्ति बनाइ पूजाआजा गर्ने चलन रही आएको छ भने खेतबारीबाट साउ, अपामार्गलगायतका वनस्पतिको प्रतिमूर्ति बनाइ आज गौराघरमा गौरा भित्र्याइन्छ।
यसका साथै साँझको समयमा महिलाहरूले कुण्ड स्नान गर्ने चलन रही आएको छ। आज गौरादेवीमा चढाएको दुबधागोलाई भोलि दुर्वाष्टमीअर्थात् अठ्यावालीका दिन धारण गर्ने गर्दछन्।
नयाँ दुबधागोहरू आज गौरादेवीमा समर्पण गर्ने र उक्त दुबधागो भोलि अठ्यावाली सकिएपछि धारण गर्ने परम्परा रहिआएको छ।









![भद्रकाली माईको जात्रा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-8_2f2e7366-1773933945.jpeg)


