Kathmandu Press

कञ्चनपुरमा चट्याङ लागेर दम्पतीको मृत्यु

कञ्चनपुरमा चट्याङ लागेर दम्पतीको मृत्यु

दाेधारा चाँदनी, भदाै १९ : कञ्चनपुरमा चट्याङ लागेर एक दम्पतीको मृत्यु भएको छ।

कृष्णपुर नगरपालिका–७ शान्तिपुरका २२ वर्षीया दीपक राना र उनकी पत्नी मन्तरा रानाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिए। माछा मारेर घर फर्किने क्रममा चट्याङ लागेर घाइते भएका उनीहरुको अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो।

प्रकाशित मिति: १८:०६ बजे, आइतबार, भदौ १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्