Kathmandu Press

डेंगुबाट जोगिन लामखुट्टेका लार्भा नष्ट अभियान शुरु

सिन्धुली, भदौ २९ : लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोगको जोखिम बढेपछि सिन्धुलीमा लार्भा नष्ट गर्ने अभियान शुरु भएको छ।जिल्लामा छोटो अवधिमै डेङ्गु रोगका...
डेंगुबाट जोगिन लामखुट्टेका लार्भा नष्ट अभियान शुरु

सिन्धुली, भदौ २९ : लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोगको जोखिम बढेपछि सिन्धुलीमा लार्भा नष्ट गर्ने अभियान शुरु भएको छ।

जिल्लामा छोटो अवधिमै डेङ्गु रोगका बिरामी ह्वात्तै बढेको सिन्धुली अस्पतालका डा. सागर देवकोटाले बताए। दिनकै दुई–तीन बिरामीमा डेङ्गु रोगको सङ्क्रमण देखिएको उनको भनाइ छ।

Hardik ivf

साउनयता मात्रै बिरामी भएर अस्पताल आएका ९७ जनामा उक्त रोग देखिएको जनाइएको छ। सबैभन्दा बढी कमलामाई नगरपालिकामा ७४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ।

यसैगरी दुधौली नगरपालिकामा सात, गोलञ्जोर गाउँपालिकामा पाँच, तीनपाटन गाउँपालिकामा चार, मरिण गाउँपालिका र घ्याङलेख गाउँपालिकाका तीन/तीन जनामा डेङ्गु भाइरसको सङ्क्रमण भएको पाइएको छ। तीमध्ये १२ बिरामी अस्पतालमा उपचारत छन्। केही बिरामी चिकित्सकको सल्लाहमा घरमै आराम गरिरहेका उनले बताए।

त्यस्तै, १० जना डेङ्गुका बिरामीलाई भने उपचारमा आवश्यक पर्ने रगत प्लेटलेट्सको अभावका कारण अन्यत्र पठाउनुपरेको डा. देवकोटाले जानकारी दिए।डेङ्गुको लक्षण देखिएका कतिपय बिरामी घरमै तातोपानी खाने, सिटामोलको प्रयोग गरी बसेकाले जिल्लामा बिरामीको यकिन तथ्याङ्क सङ्कलन हुन नसकेको उनले बताए।

कमलामाई नगरपालिकाले नगर स्वास्थ्य शाखामार्फत डेङ्गु रोग नियन्त्रणका लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेर लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने टोली परिचालन गरेको नगरप्रमुख उप्रेन्द्रकुमार पोखरेल जानकारी दिए। उनका अनुसार मङ्गलबारदेखि नगरका स्वास्थ्य शाखाका कर्मचारी र नगर स्वास्थ्य स्वयंसेविकाको टोली लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्ने काममा परिचालित भएका हुन्।

डेङ्गु भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य कार्यालय, सिन्धुली अस्पताललगायत पालिकाका स्वास्थ्य शाखा र स्वास्थ्य संस्थाले संयुक्तरूपमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको पनि जनाएका छन्।

चिकित्सकका अनुसार डेङ्गु रोग डेङ्गु भाइरसबाट सङ्क्रमित एडिज जातको लामखुट्टेको टोकाइबाट मात्र सर्दछ। थोरै मात्र पानी जम्मा भएको भाँडामा पनि यो लामखुट्टेले फुल पार्दछ र यसको वृद्धि विकास हुन्छ। (रासस)

प्रकाशित मिति: ०७:५८ बजे, बुधबार, भदौ २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्