Kathmandu Press

सडकमा ट्रक पल्टिदा राजमार्ग अवरुद्ध

तनहुँ, भदौ १५ : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान ट्रक पल्टिदा राजमार्ग अवरुद्ध भएको छ।डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ट्रक सडकको...
सडकमा ट्रक पल्टिदा राजमार्ग अवरुद्ध

तनहुँ, भदौ १५ : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान ट्रक पल्टिदा राजमार्ग अवरुद्ध भएको छ।

डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ट्रक सडकको बीच भागमै पल्टिएको हो। ट्रक पल्टिएपछि मुख्य राजमार्ग अवरुद्ध हुँदा सडकमा सवारीसाधनको लाइन लागेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

वैकल्पिक मार्गबाट सवारीसाधनलाई वारपार गराउने काम भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ट्रक हटाउन सकिएको छैन।

क्रेनको सहायताबाट ट्रकलाई हटाएपछि मात्र पूर्णरूपमा राजमार्गमा सञ्चालन आउनेछ। त्यसका लागि पहल भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति: ०८:५१ बजे, बुधबार, भदौ १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्