त्रिशूली अस्पतालमा आकस्मिक उपचार निःशुल्क
त्रिशूली, भदौ २५ : नुवाकोटको त्रिशूली अस्पतालले आर्थिकरुपमा विपन्न तथा आकस्मिक उपचार गर्नुपर्ने बिरामीका लागि रगत निःशुल्क उपलब्ध गराउन शुरु गरेको छ।त्रिशूली अस्पतालका...
त्रिशूली, भदौ २५ : नुवाकोटको त्रिशूली अस्पतालले आर्थिकरुपमा विपन्न तथा आकस्मिक उपचार गर्नुपर्ने बिरामीका लागि रगत निःशुल्क उपलब्ध गराउन शुरु गरेको छ।
त्रिशूली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दीपेन्द्र पाण्डेका अनुसार शुक्रबारदेखि लागू हुने गरी आर्थिकरुपमा विपन्न र आकस्मिक उपचार गर्नुपर्ने बिरामीलाई चाहिने रगत र रक्ततत्व निःशुल्करुपमा उपलब्ध गराउन शुरु गरिएको हो ।
त्यस्ता बिरामीको लागि रगत परीक्षणबापत लाग्ने शुल्कसमेत नलाग्ने अस्पतालका मेसु डा. पाण्डेले जनाएका छन्। रगतको समूह परीक्षण र प्रशोधनबापत प्रतिपिन्ट आठ सय ५० शुल्क लाग्ने भए पनि आर्थिक अवस्था कमजोर भएका, विपन्न वर्ग, सवारीलगायतका विभिन्न दुर्घटनामा परेका व्यक्तिको लागि सेवा निःशुल्क गरिएको हो।
त्रिशूली अस्पतालमा कोरोना र डेङ्गु रोगको परीक्षण सेवा निःशुल्क उपलब्ध गराइएको छ। अबदेखि लक्षित वर्गको लागि रगतको परीक्षण र रगतसमेत निःशुल्क उपलब्ध गर्न थालिएको हो। (रासस)












