Kathmandu Press

वीरगञ्जमा हैजा संक्रमण : विद्यालय तीन दिनका लागि बन्द

हैजाको संक्रमण नियन्त्रणमा लिन र थप जोखिम रोक्न महानगरपालिकाले सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
वीरगञ्जमा हैजा संक्रमण : विद्यालय तीन दिनका लागि बन्द

पर्सा, भदौ १४ : वीरगञ्ज महानगरपालिकाभित्र हैजाको संक्रमण तीव्र गतिमा फैलिन थालेपछि सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू तीन दिनका लागि बन्द गर्ने निर्णय गरिएको छ।

महानगरपालिकाले बढ्दो स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै भदौ १५ गतेदेखि १७ गतेसम्म विद्यालयहरू बन्द गर्ने घोषणा गरेको हो।

हैजाको संक्रमण नियन्त्रणमा लिन र थप जोखिम रोक्न महानगरपालिकाले सर्वसाधारणलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

विद्यार्थीहरूलाई भीडभाड हुने स्थानमा नजान, व्यक्तिगत सरसफाइमा ध्यान दिन र मात्र सुरक्षित तथा शुद्ध खानेपानी प्रयोग गर्न अनुरोध गरिएको छ।

यससँगै महानगरपालिकाले अभिभावक तथा विद्यालय व्यवस्थापनलाई बालबालिकाको सुरक्षामा आवश्यक सहयोग गर्न आह्वान गरेको छ।
 
प्रकाशित मिति: १६:३७ बजे, शनिबार, भदौ १४, २०८२
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्