Kathmandu Press

पहिरोका कारण कर्णाली राजमार्ग पुनः अवरुद्ध

यसअघि पनि पटकपटक पहिरो गई अवरुद्ध हुँदै आएको थियो। ‎गगने खोला क्षेत्रमा यसअघि शनिबारदेखि अवरुद्ध भएको राजमार्ग मंगलबार मात्रै सञ्चालनमा आएको थियो। 
पहिरोका कारण कर्णाली राजमार्ग पुनः अवरुद्ध

सुर्खेत, भदौ १९ : कर्णाली राजमार्गअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका–१ गगने खोलामा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ। 

यसअघि पनि पटकपटक पहिरो गई अवरुद्ध हुँदै आएको थियो। ‎गगने खोला क्षेत्रमा यसअघि शनिबारदेखि अवरुद्ध भएको राजमार्ग मंगलबार मात्रै सञ्चालनमा आएको थियो। 

केही समयपछि पहिरो पन्छाएर राजमार्ग सुरु गर्ने प्रहरीले जनाएको छ। 

राजमार्ग अवरुद्ध हुँदा यात्रा गर्ने यात्रुहरू अलपत्र परेका छन्। 
 
प्रकाशित मिति: १०:४२ बजे, बिहीबार, भदौ १९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्