Kathmandu Press

कोरोना रोकथाम र उपचारमा नीति कार्यक्रमको प्राथमिकता

काठमाडौं, जेठ २७ : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८-०७९को नीति तथा कार्यक्रममा कोभिड—१९को रोकथाम, नियन्त्रण, उपचार तथा व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको...
कोरोना रोकथाम र उपचारमा नीति कार्यक्रमको प्राथमिकता
Hardik ivfHardik ivf

काठमाडौं, जेठ २७ : सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८-०७९को नीति तथा कार्यक्रममा कोभिड—१९को रोकथाम, नियन्त्रण, उपचार तथा व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेको छ ।

प्रदेश सभाको आजको बैठकमा प्रदेश प्रमुख गङ्गाप्रसाद यादवले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै कोरोनाबाट प्रदेशको आर्थिक क्षेत्रमा परेको र आगामी दिनमा पर्ने प्रभावको अध्ययन गरी  रोगको असर न्यूनीकरण गर्ने कार्यक्रम माफर्त् अर्थतन्त्रलाई गतिशील र पुनरुत्थान गर्ने तर्फ आगामी वर्षको बजेट केन्द्रीत हुने बताए ।

नीति कार्यक्रममा नागरिकलाई कोरोना विरुद्धको खोपको व्यवस्था मिलाउने,  रोगका कारण वैदेशिक रोजगारी गुमाएर फर्किएकाका लागि प्रदेश स्वरोजगार विकास कार्यक्रम मार्फत् सहुलियत दरमा ऋण उपलब्ध गराउने कार्यक्रमलाई विस्तार गरिने, सबै अस्पतालको क्षमता बढाउने,स्वास्थ्य सेवाका मापदण्डका साथै चिकित्सा मापदण्ड का आधारमा प्रदेशिक मापदण्ड तयार गरी स्वास्थ्य संस्थावाट गुणस्तरीय सेवा प्रवाह गरिने ,‘हाम्रो प्रदेश स्वस्थ्य प्रदेश’ भन्ने नारा सहित स्वास्थ्य सेवाका अन्य कार्यक्रम समेत सञ्चालन गरिने उल्लेख गरिएको छ ।

 विकासका क्रियाकलापमा मानव विकास सूचकाङ्कका दृष्टिले पिछडिएका क्षेत्र, वर्ग एवं समुदायलाई विशेष प्राथमिकता दिइने नीति सरकारको छ । यसै गरी सरकारी, सार्वजनिक, सामुदायिक, गुठी र बाँझो जग्गाको उचित व्यवस्थापन गर्न नीति र कानून निर्माण गरिने,भूमिको उचित व्यवस्थापन र उत्पादन वृद्धि गर्न भूमिको तथ्याङ्क जनसङ्ख्या वृद्धिदर,खेतीयोग्य जग्गा र आवासको आवश्यकता, लगाएतका लागि प्रदेश भू—उपयोगको गुरुयोजना बनाउने पनि नीति कार्यक्रममा उल्लेख छ ।

पश्चिम सेती,पञ्चेश्वर लगाएतका ठूला जल विद्युत आयोजनालाई छिटो सञ्चालनको पहल गर्ने,औद्योगिक व्यवसाय प्रवद्र्धनका लागि न्यूनतम् व्याजदरमा प्रति उद्योग रु ५० लाख सम्मको ऋण उपलब्ध गराइने, दुर्गम क्षेत्रमा जनसहभागितामा आधारित ‘विकाससँग रोजगारी कार्यक्रम’ सञ्चालन गर्ने,विभिन्न आन्दोलनका घाइते अपाङ्ग असहाय व्यक्तिको जीवन निर्वाह र रोजगारी सिर्जना गर्न विषेश कार्यक्रम ल्याउने, पर्यटन प्रवद्र्धनका लागि ‘देव भूमि सुन्दर ठाउँ, ‘सुदूरपश्चिम घुम्न जाउ’ कार्यक्रम सञ्चालन गरिने,पनि नीति कार्यक्रममा उल्लेख छ ।  

कृषिको विकास, गुणस्तरीय शिक्षा, पर्यटन प्रबद्र्धन,उद्योग र खेलकूदको विकास,वन संरक्षण,विकासका पूर्वाधार निर्माण जस्ता विषयलाई पनि नीति कार्यक्रममा समावेश छ । नीति कार्यक्रममा समेटिएका मुख्य गतिविधिमा सवैको लागि शिक्षा कार्यक्रम,एक जिल्ला एक नमूना क्याम्पस,स्वस्थ्य युवा, प्र्रदेशको खम्बा,प्रदेशका गाउँ,उज्यालो बनाऔं कार्यक्रम, एक घर एक धारा कार्यक्रम, मुख्य मन्त्री एकीकृत वस्ती विकास कार्यक्रम,आवास सुधार कार्यक्रम,नमूना गाउँ आफै बनाऔं,जस्ता कार्यक्रम छन् । (रासस)

प्रकाशित मिति: २१:१३ बजे, बिहीबार, जेठ २७, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्