ईकमर्सको कामलाई नरोक्न सर्वोच्चको आदेश
काठमाडौं, जेठ २४ : सर्वोच्चको अदालतले अनलाइन माध्यमबाट खरिद, बिक्री तथा होम डेलिभरीको सेवा दिने ईकमर्सको कामलाई नरोक्न आदेश दिएको छ।सोमबार न्यायाधीश सपना...
काठमाडौं, जेठ २४ : सर्वोच्चको अदालतले अनलाइन माध्यमबाट खरिद, बिक्री तथा होम डेलिभरीको सेवा दिने ईकमर्सको कामलाई नरोक्न आदेश दिएको छ।
सोमबार न्यायाधीश सपना मल्ल र कुमार चुँडालको संयुक्त इजलासले मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि सेवा प्रदान गर्ने काम नरोक्न आदेश जारी गरेको हो।
निवेदकका तर्फबाट उपस्थित अधिवक्ताहरु सुभाष पाठक, आवेश अधिकारी, सागर पौडेल, कृष्ण पाल र रक्षा सिंह तथा विपक्षीतर्फबाट उपस्थित सहन्यायाधिवक्ता संजीवराज रेग्मीले बहस गरेका थिए ।
प्रकाशित मिति: १८:०२ बजे, सोमबार, जेठ २४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार