Kathmandu Press

लगातार तेस्रो दिन पनि घट्यो नेप्से

नेप्से सामान्य अंकले घटेपनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा सामान्य सुधार देखिएको छ। ५ अर्ब १४ करोड ४३ लाख २२ हजार २५८ रुपैयाँको १ करोड २७ लाख १ हजार ९७ कित्ता शेयर कारोबार भएको छ।
लगातार तेस्रो दिन पनि घट्यो नेप्से

काठमाडौं, भदौ १९ : नेप्से परिसूचक लगातार तेस्रो दिन पनि घटेको छ। नेप्से आज बिहीबार ६.५५ अंकले घटेर २७१९.७७ बिन्दुमा रोकिएको छ। 

नेप्से सामान्य अंकले घटेपनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा सामान्य सुधार देखिएको छ। ५ अर्ब १४ करोड ४३ लाख २२ हजार २५८ रुपैयाँको १ करोड २७ लाख १ हजार ९७ कित्ता शेयर कारोबार भएको छ।

आज सेन्सेटिभ इन्डेक्स १.११ अंकले घटेको छ। फ्लोट इन्डेक्स ०.४७ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२६ अंक घटेको छ।

हिमस्टार उर्जा कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य आज प्रतिकित्ता ९.९८ प्रतिशतले बढेर ३५५.९० रुपैयाँमा अन्तिम कारोबार भएको छ। 

विन्ध्यवासीनी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ६.०७ प्रतिशतले बढेर ५८५.५५ रुपैयाँमा अन्तिम कारोबार भएको छ। माथिल्लो मैलुङखोला जलविद्युतको शेयर मूल्य प्रतिकित्ता ६.०५ प्रतिशतले बढेर ५९५.३५ रुपैयाँमा अन्तिम कारोबार भएको छ। यस्तै, उपकार लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य प्रतिकित्ता ५.०९ प्रतिशतले बढेर ३७६०.५३ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

यसदिन बाराहि हाइड्रोपावरको शेयर मूल्य सबैभन्दा धेरै ३.८३ प्रतिशतले घटेर प्रतिकित्ता ७२०.०२ रुपैयाँमा अन्तिम कारोबार भएको छ। पिपुल्स पावर लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ३.४५ प्रतिशतले घटेर प्रतिकित्ता २९६.०४ रुपैयाँमा अन्तिम कारोबार भएको छ। ी

दव्यस्वरी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ३.४५ प्रतिशतले घटेर २९३.४८ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

बिहीबार युनियन हाइड्रोपावर लिमिटेड, विन्ध्यवासीनी हाइड्रो, नेपाल रिइन्स्यारेन्स, हिमालयन रिइन्स्योरेन्स र हिमालयन डिस्टीलरीको शेयर सबैभन्दा धेरै कारोबार भएको छ। 

प्रकाशित मिति: १७:२४ बजे, बिहीबार, भदौ १९, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्