लगातार दोस्रो दिन घट्यो नेप्से
नेप्से घटेपनि बुधबार कारोबार रकममा भने सामान्य सुधार देखिएको छ। कुल ३२६ स्टकको ४ अर्ब ७२ करोड ८० लाख ५२ हजार ८६० रुपैयाँको १ करोड १३ लाख ४५ हजार ९९४ कित्ता शेयर कारोबार भएको छ।
काठमाडौं, भदौ १८ : बुधबार पनि नेप्से परिसुचक दोहोरो अंकले घटेको छ। आज १५.६४ अंकले घटेर नेप्से २७२६.३३ बिन्दुमा रोकिएको छ। यसअघि मंगलबार पनि नेप्से परिसुचक १९.८९ अंकले घटेको थियो।
नेप्से घटेपनि बुधबार कारोबार रकममा भने सामान्य सुधार देखिएको छ। कुल ३२६ स्टकको ४ अर्ब ७२ करोड ८० लाख ५२ हजार ८६० रुपैयाँको १ करोड १३ लाख ४५ हजार ९९४ कित्ता शेयर कारोबार भएको छ।
आज सेन्सेटिभ इन्डेक्स २.७४ अंकले घटेको छ। फ्लोट इन्डेक्स १.१६ अंकले घटेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स ०.९५ अंक घटेको छ।
हिमस्टार उर्जा कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यस कम्पनीको शेयर मूल्य आज प्रतिकित्ता ९.९९ प्रतिशतले बढेर ३२३.६० रुपैयाँमा अन्तिम कारोबार भएको छ।
युनियन हाइड्रो पावर लिमिटेडको शेयर मूल्य ७.०३ प्रतिशतले बढेर प्रतिकित्ता ४३०.६७ रुपैयाँमा अन्तिम कारोबार भएको छ। एनएमबी हाइब्रिड फन्डको शेयर मूल्य प्रतिकित्ता ३.२७ प्रतिशतले बढेर ९.१५ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
आज लिबर्टि इनर्जी कम्पनी लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै ६.९९ प्रतिशतले घटेर प्रतिकित्ता २१८.७३ रुपैयाँमा अन्तिम कारोबार भएको छ। छ्याङ्दी हाइड्रो पावर लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ६.४५ प्रतिशतले घटेर २४३.४९ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
नेपाल रिपब्लीक मिडियाको शेयर मूल्य प्रतिकित्ता ३.८८ प्रतिशतले घटेर ४६१.२७ रुपैयाँमा अन्तिम कारोबार भएको छ। सिकलेस हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता ३.७६ प्रतिशतले घटेर ७५२.५७ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
यसदिन युनियन हाइड्रोपावर लिमिटेड, लिबर्टि इनर्जी कमपनी, नेपाल रिइन्स्यारेन्स, हिमालयन रिइन्स्योरेन्स र पञ्चकन्यामाइ हाइड्रोपावरको शेयर सबैभन्दा धेरै कारोबार भएको छ।










-1764753058.png)
-1764751301.jpg)
