Kathmandu Press

नेपाल, स्कटल्यान्ड र नामिबियाबीच त्रिकोणात्मक सिरिज स्पेनमा हुने

काठमाडौं, जेठ २३ : विश्वकप लिग–२अन्तर्गतको नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको त्रिकोणात्मक सिरिज स्पेनमा हुने भएको छ। कोरोना महामारीका कारण उक्त त्रिकोणात्मक सिरिज स्कटल्यान्डबाट स्पेनमा...
नेपाल, स्कटल्यान्ड र नामिबियाबीच त्रिकोणात्मक सिरिज स्पेनमा हुने

काठमाडौं, जेठ २३ : विश्वकप लिग–२अन्तर्गतको नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको त्रिकोणात्मक सिरिज स्पेनमा हुने भएको छ। कोरोना महामारीका कारण उक्त त्रिकोणात्मक सिरिज स्कटल्यान्डबाट स्पेनमा सारिएको हो।

त्रिकोणात्मक सिरिज जुलाई तेस्रो साता हुने भनिए पनि खेल तालिका अहिले फिक्स भइसेको नेपाल क्रिकेट संघ ९क्यान०का सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए। ‘सिरिज स्पेनमा हुने टुंगो लागिसकेको छ, त्यहाँको स्थानीय सरकारसँग स्वीकृति लिन मात्र बाँकी छ, उनले भने, ‘स्वीकृति आएपछि खेल तालिका, उडान तालिका, क्वारेन्टिनको समयलगायतका सबै विषयमा टुंगो लाग्छ।’ 

Hardik ivf

सचिव प्याकुरेलले आईसीसीबाट आधिकारिक पत्र नआएको बताउँदै सिरिज स्पेनमा हुने पक्का भयो भन्न नमिले पनि लगभक पक्का जस्तै भएको उनले बताए। केही काम बाँकी रहेकाले सिरिजका विषयमा आज–भोलि नै टुंगो लाग्ने उनले बताए।  

एकदिवसीय विश्वकप छनोटका रुपमा रहेको आईसिसी विश्वकप लिग–२मा नेपालले एउटामा मात्र सिजि खेलेको छ। नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग त्रिकोणात्मक सिरिज खेलेको थियो।

लिगमा ४ खेलमा ४ अंक जोडेको नेपाल छैटौं स्थानमा रहेको छ । १० खेलमा १६ अंक जोडेको ओमान शीर्ष स्थानमा छ भने १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा छ।

प्रकाशित मिति: १४:५२ बजे, आइतबार, जेठ २३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्