साफ यू–१७ च्याम्पियनसिप : नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै
बिहीबार कोलोम्बो रेसकोर्स स्टेडियममा हुने उक्त खेल नेपाली समय अनुसार आज साँझ सवा ७ बजेदेखि शुरु हुदैछ । यसअघि खेलेको खेलमा नेपालले श्रीलंकालाई २–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।
काठमाडौँ, असोज २ : साफ यू–१७ च्याम्पियनसिप अन्तर्गत नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ ।
बिहीबार कोलोम्बो रेसकोर्स स्टेडियममा हुने उक्त खेल नेपाली समय अनुसार आज साँझ सवा ७ बजेदेखि शुरु हुदैछ । यसअघि खेलेको खेलमा नेपालले श्रीलंकालाई २–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।
सेप्टेम्बर १५ देखि २७, २०२५ सम्म श्रीलंकामा आयोजना हुने साफ यू–१७ च्याम्पियनसिपमा नेपालसहित बंगलादेश, श्रीलंका, भारत, पाकिस्तान, भुटान र माल्दिभ्स खेल्दैछन् । नेपाल समुह ए मा श्रीलंका र बंगलादेशसँग रहेको छ ।
समुह चरणका खेलपछि शिर्ष दुई देश सेमिफाइनलमा पुग्ने छन् ।
प्रकाशित मिति: ०८:२२ बजे, बिहीबार, असोज २, २०८२
प्रतिक्रिया दिनुहोस्
थप समाचार












